सूचना प्रविधि

आजकै दिन पहिलो पटक आइफोन सार्वजनिक भएको थियो
२४ पौष, काठमाण्डौँ । सन् २००७ मा आजकै दिन (जनवरी ९) मा एप्पल कम्पनीले पहिलो पटक आइफोन सार्वजनिक गरेको थियो । अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा आयोजित म्याकवल्र्ड एक्स्पोमा एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेका थिए । एप्पलले पहिलो आइफोनको बिक्री २००७ को जुन २९ देखि सुरु गरेको थियो । ३.५ इन्चको एलईडी डिस्प्ले र दुई मेगापिक्सलको क्यामेरा रहेको आइफोनको अपरेटिङ सिस्टम आईओएस ३.१.३ थियो । उक्त मोडलको..

टिकटक प्रतिबन्ध लगाउने निर्णय बारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
५ मंसिर, काठमाण्डौँ । सर्वाेच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । २७ कात्तिकमा मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वाेच्च अदालतमा १० भन्दा बढी रिट परेको..

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध १० वटा रिट दर्ता
४ मंसिर, काठमाण्डौँ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सोमबार सर्वाेच्च अदालतमा अर्काे पनि रिट दर्ता भएको छ । यसअघि गत शुक्रबार १० वटा रिट दर्ता भएकामा सोमबार अधिवक्ता जगन्नाथ दुलालसमेतले रिट दर्ता गरेका हुन् । रिटमा टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन गएकाले सरकारको निर्णय खारेजीको माग गरिएको छ । त्यस्तै सरकारको निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको पत्राचार पनि..

सामाजिक सञ्जाल संचालन निर्देशिका २०८० पारितः सञ्जालमा गर्न नहुने १९ कृयाकलाप हेर्नुहोस्
२३ कार्तिक, काठमाण्डौँ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ । सामाजिक संजालहरू फेसबुक, एक्स (ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो । सरकारले जारी गरेको सामाजिक सञ्जाल संचालन निर्देशिका अनुसार सामाजिक सञ्जाल प्रयोगका क्रममा गर्न नमिल्ने क्रियाकलाप १९ बुँदामा छन्ः १. बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) सिर्जना गर्न, २. बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी)..

आईएमईआई दर्ता नगरेका मोवाईल श्रावण १ पछि नचल्ने
२२ असार, काठमाण्डौँ । श्रावण १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिन्छन् । तर विदेशमा रहेका आफन्त वा साथीभाइले उतै किनेर नेपाल पठाइदिएका मोबाइलहरुको हकमा भने व्यक्ति स्वयंले आईएमईआई नम्बर दर्ता गर्नुपर्ने बताईएको छ । श्रावण १ गते अगाडिदेखि नै प्रयोगमा आइरहेका मोबाइल सन्चालनमा भने समस्या नआउने..

दमक नगरपालिकाको सञ्चारमैत्री बजेटः पत्रकारलाई बिमा देखी अवलोकन भ्रमणसम्म
१२ असार, झापा । दमक नगरपालिकाले नगर क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नगरपालिका क्षेत्रमा स्थापना भइ संचालनमा रहेका संञ्चार माध्यममा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने उल्लेख गरेको हो । यसैगरी पत्रकारिता प्रवद्र्धनका लागि दमकमा ‘पत्रकारिता अध्ययन अनुसन्धान केन्द्र’ स्थापना गर्नेदेखि सञ्चारमाध्यमलाई मासिक रुपमै आर्थिक सहयोग गर्ने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । साथै खोजमुलक पत्रकारिता प्रवद्र्धनका..

संञ्चारमन्त्री नैनकला थापाद्धारा पदभार ग्रहण
२७ जेष्ठ, काठमाण्डौँ । नवनियुक्त संञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले आज पदभार ग्रहण गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पदभार ग्रहण लगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री थापाले सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा सरकारले अघि सारेका योजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्नुहुँदै सरकारले राखेका लक्ष्य पूरा गर्न मन्त्रालयका काम कारबाहीलाई केन्द्रित गरे अघि बढ्ने बताउनुभयो..

पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने, ७ लाख सम्मको बीमा पनि
१५ जेष्ठ, काठमाण्डौँ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने घोषणा गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो उल्लेख गर्नुभएको हो । नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरिएको हो । त्यस्तै, सरकारले श्रमजीवी पत्रकारका लागि रु सात लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम सरकारले बेहोर्ने व्यवस्था मिलाएको पनि उहाँले बजेट भाषण मार्फत घोषणा गर्नुभएको छ..

आजदेखि देशको मौसममा सामान्य सुधार आउने
२५ वैशाख, काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशको मौसममा सामान्य सुधार आउने बताएको छ । हाल देशको पहाडी भू–भागका केही स्थान तथा प्रदेश–१ को तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज दिउँसो प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । यस्तै अपराह्नतिर देशका..

सर्वाेच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्योः संञ्चारमन्त्री गुरुङ
१७ फाल्गुन, काठमाण्डौँ । सरकारका प्रवक्ता समेत रहनुभएका संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वाेच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको बताउनुभएको छ । आज मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । संसद विघटनसम्बन्धी मुद्दामा सर्वाेच्चले दिएको फैसलामा बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने उल्लेख भएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने उहाँले उल्लेख गर्नुभयो । सर्वाेच्चको फैसलापछि आफूहरु पनि के गर्ने..