त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेपालको कीर्तिमानी जीत

११ वैशाख, काठमाण्डौँ । त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ । आजर त्रिविको क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको हो । ५ डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । सोही रेकर्डलाई तोड्दै आज नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३..

शहीद रत्नकुमार वान्तवा स्मृति फुटसलको उपाधी जुविल्याण्ट एकेडेमीलाई

२८ चैत्र, इलाम। प्रथम शहीद रत्नकुमार वान्तवा स्मृति अन्तर मा.वि. फुटसल–२०७७ को उपाधी जुविल्याण्ट इलाइट एकेडेमीले जितेको छ । शहीद रत्नकुमार वान्तवाको स्मृति दिवस तथा जन्मजयन्तीको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) इलाम नगर कमिटीले आयोजना गरेको प्रतियोगिताको प्रतिस्पर्धात्मक उपाधी भिडन्तमा जुविल्याण्टले ग्रीनहिल बोर्डिङ्ग स्कूललाई ७–५ गोल अन्तरले पराजित गरेको हो । विजेता बनेको जुविल्याण्टले रु ५० हजार रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै..

‘झापा स्पोर्टस् अवार्ड २०७६’को तयारी पूरा, सात विधाका आठ खेलाडी सम्मानित हुने

२७ फाल्गुन, झापा । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ । अवार्ड यही फाल्गुन २८ गते साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद पत्रकार मंञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गर्दै आएको ‘झापा स्पोर्टस् अवार्ड’को चौथो संस्करणमा सात विधाका आठजना खेल प्रतिभालाई नगदसहित सम्मान गरिने अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो । मंञ्चले यसअघि पत्रकार सम्मेलन गरेर विभिन्न..

डोमालाल राजवंशी रंगशालाको जग्गा गुठीकै नाममा फिर्ता

१३ माघ, काठमाण्डौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा अनारमनी दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद विमलीले फिर्ता गरेका छन् । केही दिन अघि माघ १२ गते भूमिसुधार तथा मालपोत कार्यालय झापामा उपस्थित भई विमलीले ‘हक छाड सनाखत’ गरी जग्गा फिर्ता गरेका हुन् । नेपाल सरकारको सहसचिव समेत रहेका विमलीले आमा टीकादेवी विमलीको नाममा मोही खरिद गरिएको जग्गा फिर्ता गरेको महान्यायाधिवक्ता खरेलले जानकारी दिनुभयो । माघ १२ गते भूमिसुधार तथा मालपोत कार्यालय..

“झापा स्पोर्टस अवार्ड २०७६” फागुन २८ मा

विर्तामाेड, २६ पुस । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको छ । मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७४ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो चौथो संस्करण हो । बिर्तामोडमा आयोजना हुने अवार्ड २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी..

पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न

८ मंसिर, काठमाण्डौँ । पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको निर्माण कार्य हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ । २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा सम्पन्न रङ्गशाला निर्माणका लागि विसं २०७५ पैषमा सम्झौता भएकामा सोही वर्ष फागुनमा शिलान्यास गरिएको रङ्गशालाको काममा ढिलाइ भएको छ । सम्झौता भएको आर्थिक वर्षभित्रमा रङ्गशाला सम्पन्न गर्ने भनिएको थियो तर यसबीचमा आयोजनाको हालसम्म चार पटक म्याद थप भए पनि कामले..

स्काउट प्रदेश–१ को संयोजकमा रवि खनाल

७ कार्तिक, विराटनगर । स्काउटले निर्माण गरेको प्रदेश–१ को तदर्थ समितिको संयोजकमा रवि खनाल चयन हुनु भएका छन् । खनालको नेतृत्वमा प्रदेश–१ को तदर्थ समितिमा अरुण बस्नेत, बबिता कटुवाल, हेमन्त भण्डारी, भवानी खनाल (भाष्कर), मुनु पोखरेल, नारद राई, टिकाराम धमला, केशी म्याङ्ग्मो, हर्कबहादुर राई, केसी श्रेष्ठ, रामप्रसाद पौडेल र सुमन ल्वागुन सदस्य रहेका छन् । स्काउटको विगत ९ वर्षदेखि नेपाल स्काउटको आवधिक निर्वाचन भएको छैन । यही अवस्थालाई मध्यनजर गर्दै..

प्रदेश–१ का तेक्वान्दो खेलाडी र प्रशिक्षक सम्मानित

४ असोज, झापा । प्रदेश १ का तेक्वान्दोका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरू सम्मानित भएका छन् । झापाको दमकमा आज तेक्वान्दो एसोसियसन प्रदेश–१ को १९ औं वार्षिकोत्सवको अवसरमा खेलाडी, प्रशिक्षक र जिल्लालाई संघ सम्मान कार्यक्रम गरिएको हो । तेक्वान्दोको उत्कृष्ट महिला खेलाडीमा मोरङकी केरिषा आचार्य, पुरुष तर्फ वर्षको उत्कृष्ट खेलाडी झापाका रोशन मगर, वर्षको उत्कृष्ट प्रशिक्षक मोरङका चतुरलाल चौधरी र उत्कृष्ट उदीयमान प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङ सम्मानित भएका छन् । यस्तै..

स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडलाई

२ श्रवण, काठमाण्डौँ । स्पेनिस ला–लिगाको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको खेलमा भिल्लारियललाई दुई एकको गोल अन्तरले हराउँदै रियलले इतिहासमा ३४ औं पटक लिगको उपाधि हात पारेको हो । घरेलु मैदानमा भएको खेलमा रियलले खेलको २९ औं मिनेटमा नै खेलमा अग्रता बनायो । उसका लागि लुका मोड्रिचको पासमा करिम बेञ्जिमाले गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले ७३ औं मिनेटमा पेनाल्टी पायो । सर्जियो रामोस..

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ खेलाडीलाई सर्वोच्चले दियो सफाइ

२ आश्विन, काठमाण्डौँ । सर्वोच्च अदालतले राष्ट्रिय फुटबल टोलीका तत्कालिन कप्तान सागर थापासहित ६ जनालाई सफाई दिएको छ । तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापाले अन्तिम सफाइ पाएका हुन् । ६ वर्षअघि महानगरीय अपराध महाशाखाले थापासहित ६ जनालाई पक्राउ गरेको थियो । सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनीहरुलाई सफाइ दिएको..