स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडलाई

स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडलाई

२ श्रवण, काठमाण्डौँ । स्पेनिस ला–लिगाको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको खेलमा भिल्लारियललाई दुई एकको गोल अन्तरले हराउँदै रियलले इतिहासमा ३४ औं पटक लिगको उपाधि हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियलले खेलको २९ औं मिनेटमा नै खेलमा अग्रता बनायो । उसका लागि लुका मोड्रिचको पासमा करिम बेञ्जिमाले गरे ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले ७३ औं मिनेटमा पेनाल्टी पायो । सर्जियो रामोस आफूले नहानेर बेञ्जिमालाई पास दिन खोजेका थिए । तर फेरि रामोसको सट्टा बेञ्जिमाले प्रहार गरेपछि सहज गोल भयो ।

रियालको तर्फंबाट ८३ औं मिनेटमा भिल्ला रियलले गोल गर्दै अन्तर कम गर्याे । उसका लागि भिसेन्ट इबोर्राले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन र रियल विजयी भयो ।

यता त्यही समयमा भएको खेलमा बार्सिलोना घरेलु मैदानमा ओसासुनासँग दुई एकले हारेपछि रियालले उपाधि पक्का गर्याे । बार्सिलोनाको हारमा पाहुना टिमका लागि जोसे अर्नाइजले पहिलो गोल गरेका थिए ।

६२ औं मिनेटमा मेस्सीले फ्री किकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे पनि ७५ औं मिनेटमा ओसासुना १० खेलाडीमा झरेको थियो । तर पनि उसले इञ्जुरी समयमा रोबर्टाे टोरेसको गोलमा दुई एकको जित सुनिश्चित गर्याे ।

प्रतिक्रिया:

सम्बन्धित खवर