स्काउट प्रदेश–१ को संयोजकमा रवि खनाल

स्काउट प्रदेश–१ को संयोजकमा रवि खनाल

७ कार्तिक, विराटनगर । स्काउटले निर्माण गरेको प्रदेश–१ को तदर्थ समितिको संयोजकमा रवि खनाल चयन हुनु भएका छन् ।

खनालको नेतृत्वमा प्रदेश–१ को तदर्थ समितिमा अरुण बस्नेत, बबिता कटुवाल, हेमन्त भण्डारी, भवानी खनाल (भाष्कर), मुनु पोखरेल, नारद राई, टिकाराम धमला, केशी म्याङ्ग्मो, हर्कबहादुर राई, केसी श्रेष्ठ, रामप्रसाद पौडेल र सुमन ल्वागुन सदस्य रहेका छन् ।

स्काउटको विगत ९ वर्षदेखि नेपाल स्काउटको आवधिक निर्वाचन भएको छैन । यही अवस्थालाई मध्यनजर गर्दै स्काउट समितिहरू क्रियाशिल बनाउनुपर्ने भएकोले नयाँ संविधान अनुकूल संगठन संरचना बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा विचाराधिन छ ।

उक्त प्रस्ताव पारित हुनु अगाडि स्काउटले शैक्षिक, सामाजिक तथा सांगठनिक गतिविधिहरूलाई प्रदेशस्तरमा विस्तार गरी स्काउटको लक्ष्य र निणर्यहरु कार्यान्वयन गर्नका लागि प्रदेश स्काउट तदर्थ समितिहरु गठन गरिएको स्काउटका निर्देशक रामप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर