शहीद रत्नकुमार वान्तवा स्मृति फुटसलको उपाधी जुविल्याण्ट एकेडेमीलाई

शहीद रत्नकुमार वान्तवा स्मृति फुटसलको उपाधी जुविल्याण्ट एकेडेमीलाई


२८ चैत्र, इलाम। प्रथम शहीद रत्नकुमार वान्तवा स्मृति अन्तर मा.वि. फुटसल–२०७७ को उपाधी जुविल्याण्ट इलाइट एकेडेमीले जितेको छ ।

शहीद रत्नकुमार वान्तवाको स्मृति दिवस तथा जन्मजयन्तीको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) इलाम नगर कमिटीले आयोजना गरेको प्रतियोगिताको प्रतिस्पर्धात्मक उपाधी भिडन्तमा जुविल्याण्टले ग्रीनहिल बोर्डिङ्ग स्कूललाई ७–५ गोल अन्तरले पराजित गरेको हो ।

विजेता बनेको जुविल्याण्टले रु ५० हजार रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै उपविजेताले रु २५ हजार रुपैंया सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई संविधानसभाका अध्यक्ष, एमाले स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुबासचन्द्र नेम्बाङ्ग, राष्ट्रियसभाका सांसद् अगमप्रसाद वान्तवा, इलाम नगरपालिका प्रमुख महेश बस्नेत लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

फुटसल प्रतियोगिताभरको उत्कृष्ट खेलाडि जुविल्याण्टका साङ्गे शेर्पा घोषित भए भने जुविल्याण्टकै नवीन कुलुङ्ग उच्च गोलकर्ता घोषित भएका थिए । उत्कृष्ट खेलाडि र उच्च गोलकर्तालाई जनही रु पाँच÷पाँच हजार रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

चैत्र २५ गतेदेखि शुरु भएको प्रतियोगितामा इलाम नगरपालिकाभित्रका ९ वटा विद्यालयका १२ वटा टिमहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर