टी-२० विश्वकप क्रिकेट छनोटमा नेपालको सुखद सुरुवातः सिंगापुर आठ विकेटले पराजित

१२ कार्तिक, काठमाण्डौँ । अर्काे वर्ष आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सुखद सुरुआत गरेको छ । नेपालले आज सोमबार खेलिएको आफ्नो पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले हरायो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.३ ओभरमा दुई विकेट गुमाएर..

ज्ञानेन्द्र मल्लले १८ बर्षे क्रिकेट यात्राबाट सन्यास लिए

१९ साउन, काठमाण्डौँ । ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटले विभिन्न कालखण्डमा भोग्दै आएको उतार—चढावका सक्रिय सारथिका एक नाम हो । उनले नेपाली क्रिकेटको क्षितिजलाई फराकिलो बनाउन महत्त्वपूर्ण योगदान र्पुयाएका छन् । सधैँ हँसिलो मुद्रा र शालीन शैलीमा प्रस्तुत हुने अनुभवी खेलाडीले आफ्नो जीवनको ऊर्जाशील समय नेपाली क्रिकेटकै लागि खर्चिए । उमेरले ३३औं वर्ष प्रवेशको संघारमा रहेका यी प्रभावशाली ब्याट्सम्यानले करिब १८ वर्ष देशका लागि क्रिकेट खेले । नेपालले सन् २०१४ मा..

विश्वकप आयोजक राष्ट्रले कती पैसा कमाउँछ त ?

२ मंसिर, काठमाण्डौँ । मध्य एसियाली राष्ट्र कतारले पहिलो पटक फुटबल विश्वकप आयोजना गर्दैछ । विश्व क्यालेन्डरमा खेलकुदको सबैभन्दा ठूलो मेला हो– फुटबल विश्वकप । यहाँसम्म कि यो मेला ओलम्पिकभन्दा पनि चर्चित हुने गर्छ । विश्वका आधाभन्दा बढी जनसंख्याले २०२२ को विश्वकप हेर्ने अनुमान छ । पाँच विलियन मानिसले फुटबल विश्वकप हेर्ने आँकलन गरिएको छ । एक मिलियनभन्दा बढी मानिसले कतारमा गएर विश्वकप हेर्ने अनुमान गरिएको छ । टिकटदेखि मर्चन्डाइज..

दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीको पोल्टामा, पुलिसले उपविजेता

१८ चैत्र, झापा । दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङ विजयी भएको हो । फाइनल खेलमा मनाङका लागि अफिज ओलावलले र शिशिर लेखीले गोल गरे । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ५९ औँ मिनेटमा अन्जान विष्टको क्रसलाई ओलावललेले वानटचमा मनाङका लागि पहिलो गोल गरे । ६७ औँ मिनेटमा लेखीले अग्रतालाई..

कमलमा प्रदेशस्तरीय प्रथम अध्यक्षकप फागुन २५ देखि सुरू हुने

कमल, फागुन । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा हुने भएको छ । आयोजक समितिले आईतबार गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो । फागुन २५ गते देखि सुरु हुने अध्यक्षकपमा प्रदेशभरीका ८ वटा टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ । जस अन्तर्गत धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा,..

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकाले चुमे

कमल, १६ मंसिर । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो । बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा गाउँपालिकाले २५–१६, १७–२५, २२–२५ र २०–२५ को सेटमा पराजित गर्दै उपाध्यक्ष कपको उपाधि आफ्नो कब्जामा पारेको थियो । उपाधिसँगै विजेता टोलि झापाले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता बनेको बाह्रदशीले नगद..

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको फाइनल खेल भोलि हुने

कमल, १५ मंसिर । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको दोस्रो चरणको खेल सम्पन्न भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्ला स्तरीय भलिबल खेल प्रतियोगिताको दोस्रो राउण्ड सम्पन्नसँगै अन्तिम चारमा कन्काई नगरपालिका, बाह्रदशी गाउँपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकाले आफ्नो ठाउँ सुरक्षित गरेको छ । आज भएको पहिलो खेलमा कन्काई नगरपालिकाले शिवसताक्षी नगरपालिकालाई २ सुन्यको सोझो को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका..

नेपाली फुटबल टोली स्वदेश फर्कियो, स्वागत गर्न खेलकुदमन्त्री विमानस्थलमा

१ कार्तिक, काठमाण्डौँ । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । आज विहान स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुग्नुभएको थियो । उहाँले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गर्नुभयो । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि जनाउनुभयो । माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा भारतसाग ३–०..

फिक्कलमा नेपाल र भारतका टिम सम्मिलित फुटसल प्रतियोगिता

इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा भोलीबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुँदैछ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका २ टिम सहित ८ टिमको सहभागिता रहेको छ । ४० बर्षमाथिका भेट्रानहरु बिच हुने प्रतियोगितामा भारत दार्जिलिङको २ टिम सहित सूर्योदय नगरपालिका भित्रका ४ टिम तथा इलाम नगरपालिका र रोङ गाउँपालिकाको एक÷एक टिमले सहभागिता जनाएका..

दमकमा “स्व. शान्ता कला स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७८” हुदैँ

३१ भाद्र, झापा । दमकका स्थानिय समाजसेवी विमल गुरुङले आफ्नो आमा स्वर्गिय शान्ता कला गुरुङको स्मृतिमा ४० वर्ष उमेर समुहका (भेट्रान) खेलाडीहरुका लागि “खुल्ला स्व. शान्ता कला स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७८” आयोजना गराउने भएका छन् । ब्यस्त दैनिकी सँगसँगै स्वस्थय रहनका लागि खेलकुदको आवश्यकता महशुस गराउने उद्देश्यका साथ स्मृति प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक सञ्जय लिम्बुले बताउनुभयो । यस प्रतियोगिताको पुरस्कार राशि क्रमशः प्रथमः विष हजार रुपौँया र द्वितीयः दश हजार..