खेलकुद

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द
२७ फागुन । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो । यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी परेको थियो । पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै पानी परेपछि खेल रोकिएको थियो..

एकेडेमी सञ्चालनका लागि यु–१३ छात्र–छात्रा खेलाडीहरुको खुला छनौट हुँदै
२७ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ वर्ष २०८१ सालदेखि यु–१३ छात्र–छात्रा फुटबल एकेडेमी सञ्चालनका लागि खुला छनौट कार्यक्रम गर्ने भएको छ । छनौट कार्यक्रम कै लागि भनेर एन्फाले आफू मातहतको जिल्ला फुटबल संघ र प्रदेश फुटबल संघहरुलाई पत्राचार समेत गरेको छ । एन्फाका अनुसार छनौट कार्यक्रम तीन चरणहरुमा हुनेछन् । पहिलो चरणको जिल्लास्तरीय छनौट आउँदो चैत्र १५ देखि २२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेशस्तरीय छनौट चैत्र..

चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ- उपप्रमुख रमेश बुढाथोकी
२७ फागुन, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेलमैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताउनुभएको छ । भक्तपुरबाट एक दर्जन भन्दा बढी बेसबलका खेलाडी उत्पादन गर्ने राईजिङ्ग स्टार्स बेसबल क्लबको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले आगामी वर्षको बजेटमा खेल मैदानका लागि रकम विनियोजन तथा काम थालनी गर्ने बताउनुभएको हो । खेल मैदान सम्म्याउन तथा उक्त स्थानको माटो बालुवा व्यवस्थापनका लागि..

पानीका कारण नेपाल र हङकङबीचको खेल स्थगित
२७ फागुन । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल पानीले रोकिएको छ । नेपालविरुछ घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको हो । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख..

आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा
२७ फागुन । काई हाभाट्जको निर्णायक गोलमा बेन्टफोर्डविरुद्ध २–१ को जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान इमिरेट्स रंगशालामा खेल सकिन चार मिनेट बाँकी रहँदा काइ हाभेर्टजले विजयी गोल गरेका थिए । खेलमा अग्रता पनि घरेलु टोलीले नै बनाएको थियो । डेक्लेन रिसले १९औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रतामा राखेका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा योअने विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई बराबरीमा..

दमकमा दोस्रो झापा आइटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न
२७ फागुन, दमक । झापाको दमकमा आइटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । दोस्रो झापा जिल्ला स्तरीय प्रतियोगिता फागुन २५ र २६ गते दुइ दिन सञ्चालन भएको थियो । दमक –७ स्थित पशुहाट मैदान परिसरमा आइटीएफ तेक्वान्दो संघ झापाले आयोजना गरेको प्रतियोगितामा आयोजक पहिलो, कमल गाउँपालिका डोजाङ दोस्रो र पाथिभरा डोजाङ तेस्रो भएका छन् । यसै गरी हिमालय मावि डोजाङले अनुशासित टिमको उपाधि पाए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि..

आयोजकलाई हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको फाइनलमा
२६ फागुन, बिर्तामोड । ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा आयोजक झापा ११ लाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराउँदै चर्च ब्वाइज उपाधी नजिक पुगेको हो । निर्धारित समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेका चर्च ब्वाइजका गोलरक्षक दिप कार्की म्यान अफ दि म्याच भए..

मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित
२६ फागुन । हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल पराजित भएको छ । हङकङमा घरेलु टोलीले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल जम्मा १३९ रन बनाउँदा अलआउट भयो । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले मात्र ४९..

अन्जन विष्ट बंगलादेशी क्लब फोर्टिस एफसीमा अनुबन्ध
२६ फागुन । नेपाली राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट बंगलादेशी श्रीर्ष डिभिजनको क्लब फोर्टिस एफसीमा अनुबन्ध भएका छन् । अन्जनले अब बंगलादेशको श्रीर्ष श्रेणीको फुटबल लिग बंगलादेश प्रिमियर लिग खेल्नेछन् । नेपालका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जनलाई फोर्टिसले अनुबन्ध गरेको त्यहाँको अलनइन दी डेली स्टारले जनाएको छ । क्लबका म्यानेजर रसिदुल इस्लामले अन्जनलाई अनुबन्ध गरेको पुष्टि गर्दै उनको आगमनले क्लबको लागि फाइदा पुग्ने समेत बताएका छन्..

जितका लागि नेपाललाई २१३ रनको लक्ष्य, आकाशले लिए ३ विकेट
२६ फागुन । मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा घरेलु टोली हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले सबै विकेट गुमाएर २१२ रन बनायो । बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेलेपछि हङकङले नेपाललाई विशाल लक्ष्य प्रस्तुत गरेको हो । हायातले ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाए । हङकङका अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन, ऐजज खानले..