खेलकुद
पपुवा न्युगिनीलाई हराउँदै नेपाल टी-२० आई सिरिजको फाइनलमा
२९ फागुन । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा..
९ महिनामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान तयार
२८ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन भएको छ । तिलोत्तमा नगरपालिका–१७ स्थित पूर्व दरखसवामा गत जेठ २९ गते शिलान्यास भएको रंगशालाको पहिलो चरणको कामअन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि आज सोमबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका छन् । गुल्मीबाट तिलोत्तमामा बसाइँ सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसकेका विनोद कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी) सम्बन्धी..
नेपालले बिश्वकप छनोटको होम म्याच अवेमा खेल्ने
२८ फागुन । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको होम म्याच पनि बहराइनमै खेल्ने भएको छ । छनोटको दोस्रो चरणअन्तर्गत आगामी चैत ८ गते नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने तालिका थियो । यस्तै चैत १३ गते बहराइनमा अवे म्याच खेल्ने तालिका छ । तर, नेपालको दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो । अब..
छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज हुँदै
२८ फागुन, बिर्तामोड । छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज हुँदैछ । उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाइज मैदानमा उत्रिदैछन् । दुवै टिमले उपाधि आफूले जित्ने दावी गरेका छन् । बिर्तामोडमा आइतवार भएको प्रि–म्याच कन्फ्रेसमा फाइनल खेलमा दुवै टिमले उपाधि हात पार्ने दावी गरेका हुन् । प्रि–म्याच कन्फ्रेसमा चर्च ब्वाइजका टिम क्याप्टन दीप कार्की र कोच रुबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका..
नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द
२७ फागुन । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो । यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी परेको थियो । पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै पानी परेपछि खेल रोकिएको थियो..
एकेडेमी सञ्चालनका लागि यु–१३ छात्र–छात्रा खेलाडीहरुको खुला छनौट हुँदै
२७ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ वर्ष २०८१ सालदेखि यु–१३ छात्र–छात्रा फुटबल एकेडेमी सञ्चालनका लागि खुला छनौट कार्यक्रम गर्ने भएको छ । छनौट कार्यक्रम कै लागि भनेर एन्फाले आफू मातहतको जिल्ला फुटबल संघ र प्रदेश फुटबल संघहरुलाई पत्राचार समेत गरेको छ । एन्फाका अनुसार छनौट कार्यक्रम तीन चरणहरुमा हुनेछन् । पहिलो चरणको जिल्लास्तरीय छनौट आउँदो चैत्र १५ देखि २२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेशस्तरीय छनौट चैत्र..
चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ- उपप्रमुख रमेश बुढाथोकी
२७ फागुन, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेलमैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताउनुभएको छ । भक्तपुरबाट एक दर्जन भन्दा बढी बेसबलका खेलाडी उत्पादन गर्ने राईजिङ्ग स्टार्स बेसबल क्लबको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले आगामी वर्षको बजेटमा खेल मैदानका लागि रकम विनियोजन तथा काम थालनी गर्ने बताउनुभएको हो । खेल मैदान सम्म्याउन तथा उक्त स्थानको माटो बालुवा व्यवस्थापनका लागि..
पानीका कारण नेपाल र हङकङबीचको खेल स्थगित
२७ फागुन । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल पानीले रोकिएको छ । नेपालविरुछ घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको हो । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख..
आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा
२७ फागुन । काई हाभाट्जको निर्णायक गोलमा बेन्टफोर्डविरुद्ध २–१ को जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान इमिरेट्स रंगशालामा खेल सकिन चार मिनेट बाँकी रहँदा काइ हाभेर्टजले विजयी गोल गरेका थिए । खेलमा अग्रता पनि घरेलु टोलीले नै बनाएको थियो । डेक्लेन रिसले १९औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रतामा राखेका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा योअने विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई बराबरीमा..
दमकमा दोस्रो झापा आइटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न
२७ फागुन, दमक । झापाको दमकमा आइटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । दोस्रो झापा जिल्ला स्तरीय प्रतियोगिता फागुन २५ र २६ गते दुइ दिन सञ्चालन भएको थियो । दमक –७ स्थित पशुहाट मैदान परिसरमा आइटीएफ तेक्वान्दो संघ झापाले आयोजना गरेको प्रतियोगितामा आयोजक पहिलो, कमल गाउँपालिका डोजाङ दोस्रो र पाथिभरा डोजाङ तेस्रो भएका छन् । यसै गरी हिमालय मावि डोजाङले अनुशासित टिमको उपाधि पाए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७