खेलकुद
फिफा वरियतामा नेपाली महिला फुटबल टिमको पाँच स्थान सुधार
३ चैत । फिफा वरियतामा नेपाली महिला टिमले पाँच स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको वरियताअनुसार नेपाल पाँच स्थान सुधार गर्दै शीर्ष १०० भित्र प्रवेश गरेको हो । नयाँ वरियताअनुसार नेपाल १००औँ स्थानमा छ । नेपाली महिला टिमले गत फेब्रुअरीमा भएको वाफ महिला च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा जोर्डनसँग पेनाल्टीमा पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो । दक्षिण..
दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन
३ चैत, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ । परिषद्लाई दशरथ रंगशालाको मर्मत नहुँदासम्म र रंगशाला सञ्चालनसम्बन्धी मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्म खेलबाहेक अन्य गतिविधि स्थगित गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपालमा हुने तय भएको नेपाल र बहराइनबीचको खेल गुणस्तरीय मैदानको अभावमा हुन नसकेको विषयमा दुःख व्यक्त गरेको छ । फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीच..
राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सात जना खेलाडी
१ चैत । नेपाली राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सातजना खेलाडी परेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टाे एनेसले युवा खेलाडी समेट्दा झापाका सातजना खेलाडी टिममा परेका हुन् । टिममा परेका झापाका सातजनामध्ये चारजना खेलाडी बिर्तामोड नगरपालिकाका हुन् । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीका अनुसार अभिषेक बराल, हिसुब थपलिया, विशाल बस्नेत र उत्सव राई बिर्तामोडका हुन् । त्यस्तै, अनन्त तामाङ र सौभाग्य राई (सञ्जीत) शिवसताक्षी नगरपालिकाका हुन् भने..
‘यदि राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस् तर खेलकुदमा राजनीति नगर्नुस्’
१ चैत, काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राजनीति नगर्न र गर्ने मन भए चुनाव लड्न आग्रह गरेका छन् । बुधबार राखेपले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलकुदको क्षेत्रमा राजनीति नगरी खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्ने बताएका हुन् । उनले भने, ‘यदि राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस् तर खेलमा राजनीति नगर्नुस् । खेलकुदलाई खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्छ ।..
आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
३० फागुन । इंग्लिस क्लब आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ मा पोर्चुगिज क्लब एफसी पोर्टोलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै आर्सनल अन्तिम ८ मा पुगेको हो। मंगलबार आर्सनलले पोर्टोलाई १-० को जित निकालेको थियो। घरेलु मैदान इमिरेट्समा भएको खेलको ४१ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गरेको गोलमा आर्सनलले जित निकालेको थियो । पहिलो लेगमा पोर्टोले आर्सनललाई १-० ले हराएको थियो। समग्रमा १-१ को बराबरी पछि..
त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको फाइनलमा नेपाल पिएनजीसँग ८६ रनले पराजित
३० फागुन । हङकङ टी ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले हार ब्यहोरेको छ । बुधबार नेपालले उपाधि भिडन्तमा पीएनजीसँग ८६ रनको हार ब्यहोरेको हो । पीएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५३ बलमा ८५ रनमा अलआउट भयो । नेपालका कुनैपनि ब्याट्सम्यान फाइनल खेलमा चल्न सकेनन् । ओपनर बिनोद भण्डारी दोस्रो बलमा ४ रनमा बोल्ड हुदाँ कुशल मल्ल ५ रनमा पोविलियन फर्किएका थिए । रोहित..
नेपाललाई उपाधि जित्न पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य
३० फागुन । हङकङमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए । नेपालका..
चार बर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोना
३० फागुन । नापोलीविरुद्ध दोस्रो लेगमा ३–१ को सहज जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना चार वर्षपछि यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालियन क्लब नापोलीलाई ३–१ ले पराजित गरेको बार्सिलोनाले समग्रमा ४–२ को जित निकाल्दै अन्तिम–८ मा स्थान बनाएको हो । बार्सिलोना चार वर्षपछि क्वार्टरफाइलनमा प्रवेश गरेको हो । यसअघि बार्सिलोनाले पछिल्लो पटक सन् २०२० को सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रतिस्पर्धा गरेको थियो..
त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको फाइनलमा नेपाल पीएनजी विरुद्ध फिल्डिङ गर्दै
३० फागुन । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । बुधबार हङकङको मिसन रोड मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले बलिङको निर्णय गर्दै पीएनजीलाई ब्याटिङमा निम्त्याएका हुन् । हङकङमा जारी शृङ्खलामा घरेलु टिमसंगै नेपाल र पीएनजी सहभागी छन् । नेपालले यसअघि लिग चरणमा भएको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो ।
छैँठौ झापा गोल्डकपको च्याम्पियन चर्च ब्वाइज युनाइटेड
२९ फागुन, बिर्तामोड । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्याे । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । टोली..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७