लिभरपुलविरुद्ध ४–३ को जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

५ चैत । रोमाञ्चक खेलमा लिभरपुलविरुद्ध ४–३ को जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन स्कट म्याकटोमिने, एन्टोनी, मार्कुस रासफोर्ड र एमाद डियालोले गोल गरे । लिभरपुलका एलेक्सिस म्याक एलिस्टर, मोहमद सालाह र हार्भी एलिओटले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् । १०औँ मिनेटमा म्याकटोमिनेले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । ४४औँ मिनेटमा एलिस्टरले..

एसियन छनोटमा स्वर्ण जित्दै पारा ओलम्पिकमा छनोट भइन् पलेशा गोबर्धन

४ चैत । फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिकमा पलेशा गोबर्धन छनोट भएकी छिन् । चीनमा भएको छनोट प्रतियोगितामा स्वर्ण जित्दै पलेशा पारा ओलम्पिकमा छनोट भएकी हुन् । चीनमा भएको एसियन छनोटमा तेक्वान्दोकी पलेशाले महिला ५७ केजीमा स्वर्ण जितेकी हुन् । पलेशा प्यारालिम्पिक्समा प्रतिस्पर्धाबाट छनोट हुने पहिलो नेपाली खेलाडी पनि बनेकी छिन् । नेपाली खेलकुदमा दीपक विष्ट र संगिता वैद्यले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा पुगेका छन् । ओलम्पिकका बाँकी..

घरको जगजस्तै फुटबलको जग (ग्रासरूट) बलियो बनाउनुपर्छ : शेर्पा

४ चैत , सिन्धुली । अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबलको मेरुदण्ड भनेकै ग्रासरूट कार्यक्रम रहेको बताएका छन्। ग्रासरूट फुटबलबाटै राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन हुँदै आइरहेको बताउँदै उनले यो कार्यक्रम फुटबलको मेरूदण्ड रहेको बताएका हुन्। सिन्धुलीस्थित दुधौली नगरपालिका-४ डकाहामा ग्रासरूट फुटबल कार्यक्रम शुरूआत गर्दै उनले उक्त कुरा बताएका हुन्। आफ्नो कार्यकालमा ४८ जिल्लामा एकैपटक ग्रासरूट फुटबल कार्यक्रम शुरूआत गरेको उनले सम्झना गरे। यसबाट धेरै खेलाडी उत्पादन..

अर्जुनले जिते एनसेल बाह्रखरी गल्फमा सुनको बल

४ चैत । अर्जुनकुमार कार्कीले शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौँ संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल पुरस्कार जितेका हुन् । पोखराको हिमालयन गल्फ कोर्टमा सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनकुमार कार्कीले ३९ अंक जोडेका थिए । आठ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक..

च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्रः सिटीको भेट १४ पटकको विजेता रियलसँग

३ चैत । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको ड्र सार्वजनीक गरिएको छ । शुक्रबार सार्वजनीक ड्र अनुसार स्पेनिस जायन्ट रियल मड्रिड र इङ्ल्याण्डको म्यानचेस्टर सिटी अन्तिम ८ मै भिड्ने भएका छन् । सिटीको भेट च्याम्पियन्स लिगको १४ पटकको विजेता रियलसँग क्वार्टरफाइनमै जुरेको हो । ड्र अनुसार इङ्लिस क्लब आर्सनलले जर्मन महारथी बायर्न म्युनिखलाई प्रतिद्धन्दीको रुपमा पाएको छ । अर्काे स्पेनिस क्लब एट्लेटिको मड्रिडले जर्मन बोरुसिया डर्टमण्डको चुनौती पार गर्नुपर्ने भएको छ..

रोनाल्डोको गोलमा अल नासरको जित

३ चैत । क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासरले साउदी प्रो लिगमा जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा अल नासरले अल अहलीलाई १–० गोल अन्तरले हराएको हो । अल नासरका लागि रोनाल्डोले ५० गोलको कोशेढुङ्गा पार गरे । उनले ६८ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । ५८ खेलमा रोनाल्डोले ५० गोलको कोशेढुङ्गा पार गरेका हुन् । साउदी प्रो लिग सहित एसियन च्याम्पियन्स लिग, किंग्स कप, सुपर कप र..

फिफा वरियतामा नेपाली महिला फुटबल टिमको पाँच स्थान सुधार

३ चैत । फिफा वरियतामा नेपाली महिला टिमले पाँच स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको वरियताअनुसार नेपाल पाँच स्थान सुधार गर्दै शीर्ष १०० भित्र प्रवेश गरेको हो । नयाँ वरियताअनुसार नेपाल १००औँ स्थानमा छ । नेपाली महिला टिमले गत फेब्रुअरीमा भएको वाफ महिला च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा जोर्डनसँग पेनाल्टीमा पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो । दक्षिण..

दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन

३ चैत, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ । परिषद्लाई दशरथ रंगशालाको मर्मत नहुँदासम्म र रंगशाला सञ्चालनसम्बन्धी मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्म खेलबाहेक अन्य गतिविधि स्थगित गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपालमा हुने तय भएको नेपाल र बहराइनबीचको खेल गुणस्तरीय मैदानको अभावमा हुन नसकेको विषयमा दुःख व्यक्त गरेको छ । फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीच..

राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सात जना खेलाडी

१ चैत । नेपाली राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सातजना खेलाडी परेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टाे एनेसले युवा खेलाडी समेट्दा झापाका सातजना खेलाडी टिममा परेका हुन् । टिममा परेका झापाका सातजनामध्ये चारजना खेलाडी बिर्तामोड नगरपालिकाका हुन् । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीका अनुसार अभिषेक बराल, हिसुब थपलिया, विशाल बस्नेत र उत्सव राई बिर्तामोडका हुन् । त्यस्तै, अनन्त तामाङ र सौभाग्य राई (सञ्जीत) शिवसताक्षी नगरपालिकाका हुन् भने..

‘यदि राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस् तर खेलकुदमा राजनीति नगर्नुस्’

१ चैत, काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राजनीति नगर्न र गर्ने मन भए चुनाव लड्न आग्रह गरेका छन् । बुधबार राखेपले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलकुदको क्षेत्रमा राजनीति नगरी खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्ने बताएका हुन् । उनले भने, ‘यदि राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस् तर खेलमा राजनीति नगर्नुस् । खेलकुदलाई खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्छ ।..