इटहरी गोल्डकपको १४औँ संस्करण चैत १० गतेदेखि

६ चैत, इटहरी । इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औँ संस्करण चैत १० गतेदेखि हुने भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपीएफ र साबिक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। आयोजक राष्ट्रिय जागृति क्लब इटहरीका अनुसार प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ। इटहरी रंगशालामा हुने खेलहरु फ्लड लाइटको प्रयोग गरी रात्रिकालीन हुने जनाइएको छ। प्रतियोगितामा भारतीय एक टोलीसहित ८ वटा टोलीले सहभागिता जनाउने निश्चित भएको छ। दोस्रो..

एन्फा महिला लिग छनोटको मिति परिवर्तन, चैत २५ गतेदेखि वैशाख १ गतेसम्म

५ चैत, काठमाडौँ । एन्फा महिला लिग छनोटको मिति परिवर्तन भएको छ। वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने कार्यक्रमसँग समयतालिका जुधेसँगै महिला लिग छनोट दुई साता पर धकेलिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो। वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले चैत २५ गतेदेखि वैशाख १ गतेसम्म अन्तरप्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी गरेको छ। यसअघि महिला लिग छनोट चैत्र २३ गतदेखि हुने तय थियो। अब वैशाख ७ गतेबाट..

एट्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा

५ चैत । एट्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। सोमबार राति सम्पन्न खेलमा घरेलु टोलीलाई ३–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो। बार्सिलोनाको जितमा जोओ फेलिक्स, रोबर्ट लेवान्डोस्की र फेर्मिन लोपेजले १र१ गोल गरे। खेलको ३८औँ मिनेटमा फेलिक्सले गोल गर्दै बार्सिलोनालाई शुरूआती अग्रता दिलाएका थिए। जारी सिजनमा उनको यो छैटौँ गोल हो। दोस्रो हाफको शुरूआती दुई मिनेटमै लेवान्डोस्कीले टोलीको..

एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको फराकिलो जित

५ चैत । फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा मोन्टपेलिअरलाई पराजित गरेको छ। मोसन स्टेडियममा आइतबार राति समपन्न खेलमा पीएसजीले घरेलु टोली मोन्टपेलिअर ६–२ गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जितमा एम्बाप्पेले ह्याट्रिक गरे। भिटिन्हा, ली कान इन र नुनो मेन्डिसले १र१ गोल गरे। मोन्टपेलिअरका अर्नाउड नोर्डिन र तेजी टेडीले गोल गरेका थिए। पीएसजीले खेलको १४औँ मिनेटमा भिटिन्हाको गोलमा अग्रता लिएको थियो। २२औँ मिनेटमा एम्बाप्पेले..

लिभरपुलविरुद्ध ४–३ को जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

५ चैत । रोमाञ्चक खेलमा लिभरपुलविरुद्ध ४–३ को जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन स्कट म्याकटोमिने, एन्टोनी, मार्कुस रासफोर्ड र एमाद डियालोले गोल गरे । लिभरपुलका एलेक्सिस म्याक एलिस्टर, मोहमद सालाह र हार्भी एलिओटले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् । १०औँ मिनेटमा म्याकटोमिनेले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । ४४औँ मिनेटमा एलिस्टरले..

एसियन छनोटमा स्वर्ण जित्दै पारा ओलम्पिकमा छनोट भइन् पलेशा गोबर्धन

४ चैत । फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिकमा पलेशा गोबर्धन छनोट भएकी छिन् । चीनमा भएको छनोट प्रतियोगितामा स्वर्ण जित्दै पलेशा पारा ओलम्पिकमा छनोट भएकी हुन् । चीनमा भएको एसियन छनोटमा तेक्वान्दोकी पलेशाले महिला ५७ केजीमा स्वर्ण जितेकी हुन् । पलेशा प्यारालिम्पिक्समा प्रतिस्पर्धाबाट छनोट हुने पहिलो नेपाली खेलाडी पनि बनेकी छिन् । नेपाली खेलकुदमा दीपक विष्ट र संगिता वैद्यले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा पुगेका छन् । ओलम्पिकका बाँकी..

घरको जगजस्तै फुटबलको जग (ग्रासरूट) बलियो बनाउनुपर्छ : शेर्पा

४ चैत , सिन्धुली । अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबलको मेरुदण्ड भनेकै ग्रासरूट कार्यक्रम रहेको बताएका छन्। ग्रासरूट फुटबलबाटै राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन हुँदै आइरहेको बताउँदै उनले यो कार्यक्रम फुटबलको मेरूदण्ड रहेको बताएका हुन्। सिन्धुलीस्थित दुधौली नगरपालिका-४ डकाहामा ग्रासरूट फुटबल कार्यक्रम शुरूआत गर्दै उनले उक्त कुरा बताएका हुन्। आफ्नो कार्यकालमा ४८ जिल्लामा एकैपटक ग्रासरूट फुटबल कार्यक्रम शुरूआत गरेको उनले सम्झना गरे। यसबाट धेरै खेलाडी उत्पादन..

अर्जुनले जिते एनसेल बाह्रखरी गल्फमा सुनको बल

४ चैत । अर्जुनकुमार कार्कीले शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौँ संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल पुरस्कार जितेका हुन् । पोखराको हिमालयन गल्फ कोर्टमा सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनकुमार कार्कीले ३९ अंक जोडेका थिए । आठ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक..

च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्रः सिटीको भेट १४ पटकको विजेता रियलसँग

३ चैत । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको ड्र सार्वजनीक गरिएको छ । शुक्रबार सार्वजनीक ड्र अनुसार स्पेनिस जायन्ट रियल मड्रिड र इङ्ल्याण्डको म्यानचेस्टर सिटी अन्तिम ८ मै भिड्ने भएका छन् । सिटीको भेट च्याम्पियन्स लिगको १४ पटकको विजेता रियलसँग क्वार्टरफाइनमै जुरेको हो । ड्र अनुसार इङ्लिस क्लब आर्सनलले जर्मन महारथी बायर्न म्युनिखलाई प्रतिद्धन्दीको रुपमा पाएको छ । अर्काे स्पेनिस क्लब एट्लेटिको मड्रिडले जर्मन बोरुसिया डर्टमण्डको चुनौती पार गर्नुपर्ने भएको छ..

रोनाल्डोको गोलमा अल नासरको जित

३ चैत । क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासरले साउदी प्रो लिगमा जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा अल नासरले अल अहलीलाई १–० गोल अन्तरले हराएको हो । अल नासरका लागि रोनाल्डोले ५० गोलको कोशेढुङ्गा पार गरे । उनले ६८ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । ५८ खेलमा रोनाल्डोले ५० गोलको कोशेढुङ्गा पार गरेका हुन् । साउदी प्रो लिग सहित एसियन च्याम्पियन्स लिग, किंग्स कप, सुपर कप र..