दमकमा दोस्रो झापा आइटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न

दमकमा दोस्रो झापा आइटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न

२७ फागुन, दमक । झापाको दमकमा आइटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । दोस्रो झापा जिल्ला स्तरीय प्रतियोगिता फागुन २५ र २६ गते दुइ दिन सञ्चालन भएको थियो ।

दमक –७ स्थित पशुहाट मैदान परिसरमा आइटीएफ तेक्वान्दो संघ झापाले आयोजना गरेको प्रतियोगितामा आयोजक पहिलो, कमल गाउँपालिका डोजाङ दोस्रो र पाथिभरा डोजाङ तेस्रो भएका छन् ।
यसै गरी हिमालय मावि डोजाङले अनुशासित टिमको उपाधि पाए ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि दमक ७ वडाअध्यक्ष भिम पौडेलले यस्ता प्रतियोगिताले युवा पुस्तालाई स्वास्थ्य राख्न र कुलतमा फस्नबाट बचाउने भएकोले खेलकुदको विकासमा जोड दिनु पर्ने बताए ।

झापा जिल्लाका विभिन्न १५ वटा डोजाङका १६२ जना खेलाडी विधार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा १ सय २५ जना खेलाडी विजयी भएका छन् । जसमा प्याटर्न तर्फ ३४ जना खेलाडीहरुले उपाधि जितेको आइटीएफ तेक्वान्दो संघ झापाका अध्यक्ष नविन तामाङले बताए । प्रतियोगितामा २० केजी देखि ७० केजी भन्दा माथिका प्रतियोगीहरुले भाग लिएका थिए ।

विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा दमक उधोग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमकका व्यवसायी तथा युवा नेता प्रकाश प्रसाई, कार्यक्रम संयोजक शेखर खड्का लगायतले आइटीएफ तेक्वान्दोको विषयमा धारणा राखेका थिए ।

संसारका १ सय ६० भन्दा बढी देशमा सञ्चालन भइरहेको विभिन्न मार्सल आर्ट मध्ये एउटा शक्तिशाली आइटिएफ ताइगन्तु झापामा भने ठूलो चुनौतीको बिच स्थापना गरेको केन्द्रीय समितिले जानकारी दिए । समितिले अहिले भने आइटिएफ झापामा उदाहरणीय खेलको रुपमा उदाएको बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर