छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज हुँदै

छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज हुँदै

२८ फागुन, बिर्तामोड । छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज हुँदैछ । उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाइज मैदानमा उत्रिदैछन् । दुवै टिमले उपाधि आफूले जित्ने दावी गरेका छन् ।

बिर्तामोडमा आइतवार भएको प्रि–म्याच कन्फ्रेसमा फाइनल खेलमा दुवै टिमले उपाधि हात पार्ने दावी गरेका हुन् ।

प्रि–म्याच कन्फ्रेसमा चर्च ब्वाइजका टिम क्याप्टन दीप कार्की र कोच रुबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका टिम म्यानेजर सुशिल अधिकारी र क्याप्टेन हरि कार्कीले पनि उपाधि आफ्नो टिमले जित्ने दावी गरेका छन् । प्रि–म्याच कन्फ्रेसको सहजीकरण म्याच कमिस्नर केशवराज दाहालले गरेका थिए ।

यसअघिका पाँचै संस्करणमा सहभागी भएपनि एपीएफ एफसी पहिलोे पटक फाइनल पुगेको हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो सहभागीतामाा नैे फाइनल पुग्न सफल भएको हो ।

झापा गोल्ड कपको बिजेताले रु. १३ लाख नगद पुरस्कार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले रु ७ लाख पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही रु.२५ हजार बिधागत पुरस्कारको रुपमा पाउने छन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर