पानीका कारण नेपाल र हङकङबीचको खेल स्थगित

२७ फागुन । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल पानीले रोकिएको छ ।

नेपालविरुछ घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको हो ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् ।  हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए ।

नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी बिना नै हङकङ पुगेको छ ।

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270