खेलकुद

चर्च ब्वाइजलाई हराउँदै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा
२० चैत, विराटनगर। विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले शहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजलाई पराजित गर्दै आठौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ। विराटनगरको शहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वार्टरफाइनल खेलमा इटहरी गोल्डकपको विजेतासमेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो। जितसँगै एपीएफले बुधबार फाइनल प्रवेशको लागि सेमिफाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएसँग खेल्नेछ। एपीएपको जितमा प्रदीप लामा र अनीश महर्जनले गोल..

आयरल्यान्ड ए माथि नेपालको रोमाञ्चक जित
१९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो टी–२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २,१ ले गुमाएको छ । २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित..

रोड्रिगोको गोलमा रियल विजयी
१९ चैत । लिग लिडर रियल मड्रिडले स्पेनिस ला लिगामा एथलेटिक क्लबलाई पराजित गरेको छ। सान्टियागो बर्नाबेउ स्टेडियममा आइतबार राति सम्पन्न खेलमा घरेलु टोली रियलले एथलेटिकलाई २–० गोल अन्तरले पराजित गरेको हो। रियलको जितमा दुवै गोल रोड्रिगोले गरे। उनले खेलको ८ र ७३औँ मिनेटमा गोल गरेका थिए। जितसँगै शीर्ष स्थानको रियलले ३० खेलबाट ७५ अंक जोडेको छ। पराजित एथलेटिक समान खेलबाट ५६ अंकसहित चौथो स्थानमा छ।

पुनरागमन जितसहित लिभरपुल शीर्ष स्थानमा
१९ चैत । ब्राइटनमाथि पुनरागमन जित हासिल गर्दै लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। एनफिल्डमा आइतबार सम्पन्न खेलमा ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै घरेलु मैदान लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो। जितसँगै लिभरपुलले २९ खेलबाट ६७ अंक जोडेको छ। लिभरपुलले २० खेलमा जित, ७ मा बराबरी र २ मा पराजय बेहोरेको छ। पराजित ब्राइटनको भने समान खेलबाट ४२ अंक छ। ब्राइटन नौँ स्थानमा यथावत रहेको छ। लिभरपुलको जितमा..

बराबरीसँगै आर्सनलले शीर्ष स्थानमा उग्लिने मौका गुमायो
१९ चैत । इङ्ग्लिस प्रिमियर लिगका दुई उपाधि दावेदार आर्सनल र म्यानचेस्टर सिटी गोलरहित बराबरीमा रोकिएका छन्। इतिहात स्टेडियमा आइतबार राति सम्पन्न खेलमा घरेलु टोली सिटी र आर्सनलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। बराबरीसँगै आर्सनलले शीर्ष स्थानमा उग्लिने मौका गुमाएको। यसको फाइदा भने लिभरपुलले उठाएको छ। आइतबार नै सम्पन्न खेलमा ब्राइटनमाथि पुनरागमन जित हासिल गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। एनफिल्डमा सम्पन्न खेलमा ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै..

आरिफको उत्कृष्ट अर्धशतकसँगै नेपालले आयरल्यान्डलाई दियो २१४ रनको लक्ष्य
१९ चैत । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार नेपाल ‘ए’ ले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले उत्कृष्ट पाली खेल्दै अविजित ९३ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज..

कराते खेलाडी एरिकाले अमेरिकामा जितिन् १ स्वर्ण र १ रजत
१९ चैत । नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् । १९औं एसियाडकी रजत विजेता एरिकाले यू–२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् । गएराति भएको खेलमा एरिकाले क्यानडेली खेलाडीलाई ९–० ले पराजित गरेकी थिइन् । यस्तै सिनियर इलिटको ६८ केजीमाथी भने एरिका फाइनलमा पराजित हुँदे रजत जितिन् । सोमबार बिहान सम्पन्न फाइनलमा एरिका अमेरिकी..

क्लिनस्वीप हुनबाट बच्ने दाउमा नेपाल
१९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्न चाहन्छ । दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो । दोस्रो खेलमा..

रामोसको गोलमा सेभिल्लाको जित
१८ चैत । डिफेन्डर सर्जियो रामोसको गोलमा सेभिल्लाले स्पेनिस ला लिगामा गेटाफेलाई पराजित गरेको छ। कोलिजियम अल्फोन्सो पेरेजमा शनिबार सम्पन्न खेलमा घरेलु टोली गेटाफेलाई सेभिल्लाले १–० गोल अन्तरले पराजित गरेको हो। पाहुना टोली सेभिल्लाको जितमा सर्जियो रामोसले गरेको गोल नै निणर्यक बन्यो। उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए। त्यसपछि बाँकी समय थप गोल नहुँदा सेभिल्ला १–० गोल अन्तरले विजयी भयो। जितसँगै सेभिल्लाले ३० खेलबाट ३१ अंक जोडेको छ। सेभिल्ला..

फ्रेन्डसिप कप अन्तर्गत नेपालले आज गुजरातसंँग खेल्दै
१८ चैत । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः४५ मा साई मेघपन स्पोट्र्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । बरोडा र गुजरात दुबैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका..