चर्च ब्वाइजलाई हराउँदै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइजलाई हराउँदै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

२० चैत, विराटनगर। विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले शहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजलाई पराजित गर्दै आठौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ।

विराटनगरको शहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वार्टरफाइनल खेलमा इटहरी गोल्डकपको विजेतासमेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो।

जितसँगै एपीएफले बुधबार फाइनल प्रवेशको लागि सेमिफाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएसँग खेल्नेछ। एपीएपको जितमा प्रदीप लामा र अनीश महर्जनले गोल गरे।

चर्च ब्वाइजको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले जित हासिल गरेको हो। खेलको शुरूआतदेखि एपीएफले आक्रामक खेल पस्कियो।

खेल शुरू भएको १५औँ मिनेटमा एपीएफका मणिकुमार लामाले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले। प्रदीपले निकालेको पासलाई मणिकुमारले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरियो।

२७औँ मिनेटमा एसपीएफका जोनाह ग्लोरीले डी बक्सभित्रबाट गरेको पावर फुल प्रहार फस्ट बारबाट बाहिरियो। त्यसलगत्तै ३४ मिनेटमा एपीएफका प्रदीप लामाले डिबक्सभित्र पास मिलाउँदा जोनाह ग्लोरीले गरेको फ्लिकलाई उत्कृष्ट रूपमा चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाए। ४४औँ मिनटमा चर्च ब्वाइजका राजेश परियारले डीबक्स नजिकबाट गरेको प्रहार बाहिरियो।

पहिलो हाफसम्म दबाबमा राखेको एपीएफले दोस्रो हाफदेखि आक्रामक खेल पस्कियो। ५७औँ मिनेटमा एपीएफका प्रदीपले मध्य भागबाट बललाई एक्लै अगाडी बढाएर डीबक्स भित्रबाट आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाए। प्रदीपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए।

८१औँ मिनेटमा विदेश खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपीएफका अनीशले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

छैटौँ संस्करणको विराट गोल्डकपको विजेतासमेत रहेको एपीएफले १० महिनापछि ‘ए’ डिभिजनमा भोगेको पराजयको बदलासमेत लिएको छ। ‘ए’ डिभिजनमा चर्च ब्वाइजले एपीएफलाई ४ –१ गोलले पराजित गरेको थियो।

आधा दर्जन प्रहार गोल गर्न चुक्दा चर्च ब्वाइज पहिलो खेलबाटै घर फर्किन बाध्य भयो। केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्दा विराट गोल्डकपको दाबीदारीको रूपमा हेरिएको चर्च ब्वाइजको लागि दुर्भाग्यपूर्ण बन्यो।

हारपछि चर्चब्वाइजका प्रशिक्षक रुबेन राईले टोली सेटको दुई जना खेलाडी गोल्डकप बाहिर हुनु टोलीको लागि पराजयको अवस्था आएको बताए। ‘खेलमा अतिरिक्त खेलाडी पनि मैले मैदानको लागि राख्ने खालको भएन,’ उनले भने, ‘धेरै खेलाडीहरू घाइते भएकोले यो अवस्था आएको हो।’

अघिल्लो दुई खेलमा एपीएफलाई पराजय गरेको हुँदा आज पनि उत्साहित भए पनि नतिजा आफ्नो पक्षमा पार्न नसकेको उनले बताए।

यता, जितेपछि एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले पछिल्लो दुई भेटमा भएको पराजयको बदला लिन सफल भएको बताए। ‘अघिल्लो खेलहरूमा पनि प्रदीप लामाले गोल गरेका थिए। उनीसँगै अहिले एपीएफको टोली सन्तुलित रहेको छ।’

खेलको म्यान अफ म्याच एपीएफका प्रदीप लामा घोषित भए। उनले नगद ११ हजार पाए। गोल्डकपको अन्तिम क्वाटरफाइनलमा मंगलबार मच्छिन्द्र फुटबल क्लबले भारतको कोलकातास्थित साउर्थन समितिको सामना गर्ने आयोजक गोल्डकप ट्रस्टका सचिव तथा प्रचारप्रसार संयोजक ध्रुव सिग्देलले जानकारी दिए।

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270