खेलकुद
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ११४ रनले पराजित
२३ चैत । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ पराजित भएको छ । आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । जवाफी..
फिफा वरीयतामा नेपाल तीन स्थान तल झर्यो
२३ चैत । विश्व फुटबलको सर्वाेच्च निकाय फिफा वरीयतामा नेपाली फुटबल टिम तीन स्थान तल झरेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल हाल १७८औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब नतिजा निकालेपछि नेपाल घटुवामा परेको हो । छनोटको दोस्रो चरणमा समूह ‘एच’ मा रहेको नेपालले ‘फेब्रुअरी विन्डो’मा बहराइनसँग दुई खेल खेलेको थियो । नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको..
दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ लाई आयरल्यान्डद्वरा १७५ रनको लक्ष्य
२३ चैत । गाभिन होइको अर्धशतकप्रेरित आयरल्यान्ड वुल्भ्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले १७५ रनको लक्ष्य पाएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो । वुल्भ्सका गाभिन होइले सर्वाधिक ५० रन रन बनाए । होइले ९४–७ को नाजुक अवस्थाबाट लियम म्याकार्थीसँग ४८ रनको साझेदारी गर्दै वुल्भ्सलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । माकार्थीले..
‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयन सार्वजनिक, को–को परे?
२३ चैत, झापा । ‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको पाँचौँ संस्करणको मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो । ‘झापा स्पोर्टस् अवार्ड’ पाँचौँ संस्करणका लागि विभिन्न पाँच विधाका प्रत्येक विधामा तीनतीनजना र तीन विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एकएकजना सिधै छनोट गरेको प्रतिभा छनोट..
लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्कियो
२३ चैत । शेफिल्ड युनाइटेडलाई पराजित गर्दै लिभरपुल इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा फर्किएको छ। एनफिल्डमा बिहीबार राति सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा डार्विन नुनेज, म्याक एलिस्टर र कोडी गाक्पोले १,१ गोल गरे। शेफिल्ड युनाइटेडले एक गोल उपहार पाएको थियो। १७औँ मिनेटमा नुनेजको गोलमार्फत लिभरपुलले खेलमा अग्रता लिएको थियो। तर, ५८औँ मिनेटमा कोनोर ब्राडलीले आत्माघाति गोल गर्दै खेल १–१ मा..
कोलकातासँग दिल्ली १०६ रनले पराजित
२२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ । कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो । डीसीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टान..
आर्सनल शीर्ष स्थानमा, फोडेनको ह्याट्रिकमा सिटीको जित
२२ चैत । आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई २–० ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लेको हो । आर्सनलले ३० खेलबाट ६८ अंक जोडेको छ जुन लिभरपुल र म्यानचेष्टर सिटीको भन्दा एक अंकले बढी हो । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले २४औं मिनेटमा गोल गरेका थिए । यस्तै लुटनका दाइकी हाशिओकाले ४४औं मिनेटमा आत्मघाती गोल गर्दा..
उत्तर अमेरिकी च्याम्पियन्स कपमा इन्टर मियामी पराजित
२२ चैत । उत्तर अमेरिकी (कोनकाकाफ) च्याम्पियन्स कपअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इन्टर मियामी पराजित भएको छ। चेस स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा घरेलु टोली मियामी मोन्टेरेसँग २–१ गोलअन्तरले पराजित भएको हो। मोन्टेरेको जितमा म्याक्सिमिलियानो मेजा र जर्ज रोड्रिगेजले १,१ गोल गरे। मियामीका लागि थोमस एभिल्सले गरेको गोल निर्णायक बन्यो। खेलकव ११औँ मिनेटमा थोमसले मियामीलाई शुरूआती अग्रता दिलाएका थिए। तर, ६७औँ मिनेटमा मेजाले गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित समय सकिँन..
पीएसजी फ्रेन्च कपको फाइनलमा
२२ चैत । पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च कपको उपाधिनजिक पुगेको छ। पिन्स पार्कमा बुधबार राति सम्पन्न सेमिफाइनलमा रेन्नेजलाई १–० गोल अन्तरले पराजित गर्दै घरेलु टोली पीएसजी फाइनलमा पुगेको हो। पीएसजीको जितमा केलियन एमबाप्पेको गोल निर्णायक बन्यो। खेलको ३७औँ मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो। न्यानो ओमारीले एमबाप्पेलाई डीबक्समा लडाएपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी दिएको थियो। तर, एम्बाप्पेको प्रहार गोलरक्षक स्टीभ मन्डान्डाले ड्राइभ गर्दै बचाए। ४०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई जित..
ब्याटिङ नचल्दा नेपाल आयरल्यान्डसँग पराजित
२१ चैत । कमजोर ब्याटिङसँगै नेपाल ए पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग २२ रनले पराजित भएको छ । १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा अल आउट भयो । नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । देव खनाल २२ बलमा ४ चौकासहित २६ रनमा आउट भए ।नेपाललाई ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७