लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्कियो

२३ चैत । शेफिल्ड युनाइटेडलाई पराजित गर्दै लिभरपुल इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा फर्किएको छ। एनफिल्डमा बिहीबार राति सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा डार्विन नुनेज, म्याक एलिस्टर र कोडी गाक्पोले १,१ गोल गरे। शेफिल्ड युनाइटेडले एक गोल उपहार पाएको थियो। १७औँ मिनेटमा नुनेजको गोलमार्फत लिभरपुलले खेलमा अग्रता लिएको थियो। तर, ५८औँ मिनेटमा कोनोर ब्राडलीले आत्माघाति गोल गर्दै खेल १–१ मा..

कोलकातासँग दिल्ली १०६ रनले पराजित

२२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ । कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो । डीसीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टान..

आर्सनल शीर्ष स्थानमा, फोडेनको ह्याट्रिकमा सिटीको जित

२२ चैत । आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई २–० ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लेको हो । आर्सनलले ३० खेलबाट ६८ अंक जोडेको छ जुन लिभरपुल र म्यानचेष्टर सिटीको भन्दा एक अंकले बढी हो । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले २४औं मिनेटमा गोल गरेका थिए । यस्तै लुटनका दाइकी हाशिओकाले ४४औं मिनेटमा आत्मघाती गोल गर्दा..

उत्तर अमेरिकी च्याम्पियन्स कपमा इन्टर मियामी पराजित

२२ चैत । उत्तर अमेरिकी (कोनकाकाफ) च्याम्पियन्स कपअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इन्टर मियामी पराजित भएको छ। चेस स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा घरेलु टोली मियामी मोन्टेरेसँग २–१ गोलअन्तरले पराजित भएको हो। मोन्टेरेको जितमा म्याक्सिमिलियानो मेजा र जर्ज रोड्रिगेजले १,१ गोल गरे। मियामीका लागि थोमस एभिल्सले गरेको गोल निर्णायक बन्यो। खेलकव ११औँ मिनेटमा थोमसले मियामीलाई शुरूआती अग्रता दिलाएका थिए। तर, ६७औँ मिनेटमा मेजाले गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित समय सकिँन..

पीएसजी फ्रेन्च कपको फाइनलमा

२२ चैत । पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च कपको उपाधिनजिक पुगेको छ। पिन्स पार्कमा बुधबार राति सम्पन्न सेमिफाइनलमा रेन्नेजलाई १–० गोल अन्तरले पराजित गर्दै घरेलु टोली पीएसजी फाइनलमा पुगेको हो। पीएसजीको जितमा केलियन एमबाप्पेको गोल निर्णायक बन्यो। खेलको ३७औँ मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो। न्यानो ओमारीले एमबाप्पेलाई डीबक्समा लडाएपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी दिएको थियो। तर, एम्बाप्पेको प्रहार गोलरक्षक स्टीभ मन्डान्डाले ड्राइभ गर्दै बचाए। ४०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई जित..

ब्याटिङ नचल्दा नेपाल आयरल्यान्डसँग पराजित

२१ चैत । कमजोर ब्याटिङसँगै नेपाल ए पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग २२ रनले पराजित भएको छ । १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा अल आउट भयो । नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । देव खनाल २२ बलमा ४ चौकासहित २६ रनमा आउट भए ।नेपाललाई ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको..

कमलको ह्याट्रिकसँगै आयरल्यान्ड ए द्वरा नेपाललाई १५८ रनको लक्ष्य

२१ चैत, काठमाडौं । नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै आयरल्यान्ड ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ए लाई १५८ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस‍ जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भयो । आयरल्यान्ड ए का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । निल रकले ३२ बलमा २ चौका र ३ छक्कासहित..

रोनाल्डोको ह्याट्रिकमा अल नासारको फराकिलो जित

२१ चैत । कप्तान क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा अल नासारले साउदी प्रो लिगमा आभामाथि फराकिलो जित हासिल गरेको छ। प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा अल नासारले घरेलु टोली आभालाई ८–० गोल अन्तरले पराजित गरेको हो। अल नासारको जितमा रोनाल्डोले ह्याट्रिक पूरा गरे। यस्तै, अजिज अल–अलिवाहले दुई गोल गर्दा साडियो माने , ए अल सुलेहिम र अब्दुल रहमान घारीब र अब्दुलको नाममा १र१ गोल रह्यो। खेलको ११औँ..

एडिडासले जर्मनीको ४ र ४४ नम्बरको जर्सी बिक्री नगर्ने

२० चैत । जर्मन फुटबल महासंघ र एडिडासले ४ र ४४ नम्बरको जर्सी बिक्री नगर्ने भएको छ। महासंघ र एडिडासले ४ र ४४ नम्बर नाजी पार्टीको कुख्यात एसएस अर्धसैनिकको लोगोसँग मिल्दोजुल्दो भएको भन्दै जर्सी बिक्री रोकेको हो। जर्मनीले जुन–जुलाईमा युरोपियन च्याम्पियनसिपको आयोजना गर्नुअघि नयाँ जर्सी लन्च गरेको थियो। उक्त जर्सी गत महिना फ्रान्सविरुद्धको मैत्रीपूर्ण खेलमा लगाइएको थियो। लेखिएको ४ र ४४ नम्बरको आलोचना भएपछि एडिडासले सोमबार सबै जर्सी फिर्ता लिने..

ला लिगाको चौथो स्थानमा उक्लियो एथ्लेटिको

२० चैत । एथ्लेटिको मड्रिड स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ। सिरेमिक स्टेडियममा सोमबार राति सम्पन्न खेलमा घरेलु टोली भिल्ला रियललाई २–१ गोल अन्तरले पराजित गर्दै एथ्लेटिकोले स्थान सुधार गरेको हो। एथ्लेटिको जितमा एक्सेल विट्सेल र साउल जिग्गेजले १र१ गोल गरे। भिल्लाको लागि अलेक्जेन्डर सोरलोथको गोल सान्त्वना रह्यो। खेलको नवौँ मिनेटमै एक्सेलले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए। उनले रोड्रिगो रिक्वेल्मेको पासमा गोल गरे। तर, ५०औँ मिनेटमा भिल्ला खेलमा..