खेलकुद
मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित
१४ चैत । पोर्चुगल अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग पराजित भएको छ। स्टोजिस स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा स्लोभेनियाले पोर्चुगललाई २–० गोल अन्तरले पराजित गरेको हो। यस खेलमा पोर्चुगलका कप्तना क्रिस्टियानो रोनाल्डो मैदान उत्रिएका थिए। यद्यपि, ब्रुनो फर्नानडेजसहितका केही खेलाडीलाई आराम दिइएको थियो। स्लोभेनियाको जितमा एडम नेज्डा करिन र टिमी म्याक्स एल्सनिकले १र१ गोल गरे। ७२औँ मिटमा नेज्डाले गोल गर्दै स्लोभेनियालाई शुरूआती अग्रता दिलाएका थिए। ८०औँ मिनेटमा म्याक्स एल्सनिकले गोल गरेपछि..
मन्त्रालयले माग्यो क्यान र एन्फाको कागजात
१४ चैत । युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) र अखिल नेपाल फुटबल संघ (एन्फा)का कागजातहरूको प्रतिलिपी उपलब्ध गराइदिन पत्र काटेको छ। मन्त्रालयले मंगलबार दुई संघको कागजात उपलब्ध गराइदिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई उक्त पत्र काटेको हो। क्रिकेट र फुटबल खेलबाट नेपालले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय ख्याती प्राप्त गर्दै आइरहेको विषयमा आम जनता तथा खेलप्रेमीहरूको व्यापक समर्थन र चासो रहँदै आइरहेको कुरा यहाँमा बिदितै छ। उक्त खेलहरूको विकासको लागि..
विश्वकप छनोटः दोस्रो खेलमा पनि नेपाल बहराइनसँग ३–० ले पराजित
१४ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० ले पराजित भएको हो । छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो । यसअघि बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले..
दोस्रो टी२० खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ७१ रनले विजयी
१३ चैत, काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड..
नेपालले दियो आयरल्यान्ड ‘ए’ लाई १९९ रनको लक्ष्य
१३ चैत । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो । नेपालका गुल्सन झाले ३२ बलमा ४६ र कुशल मल्लले १३ बलमा ३४ रन जोडे । रोहित पौडेलले २४ बलमा ३३ र कुशल भुर्तेलले १६ बलमा..
विश्वकप छनोटः आज नेपालले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै
१३ चैत । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै छ । नेपाल समूह ‘एच’मा छ । विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा १–० ले हराएको थियो । दोस्रो चरणमा तीन खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ । बहराइनसँग दोस्रो लेग खेल्दा भिन्चेन्सो अल्बर्टाे एनेसको प्रशिक्षणमा रहेको नेपाली टिम पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । नेपालले यसअघि पहिलो लेगमा बहराइनसँग ५–० को..
टी–२० अभ्यास खेलः आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै नेपाल
१३ चैत । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी–यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो । त्यसैले नेपाली खेलाडीहरूले बिनादबाब खेलिरहेका छन् । नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी..
टी २० क्रिकेटमा नेपालद्वरा आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित
१२ चैत । नेपालले पहिलो टी २० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण योगदान गरे ।..
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलः इटालीको लगातार दोस्रो जित
१२ चैत । इटालीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जित हासिल गरेको छ। अमेरिकाको न्यू जर्सीस्थित रेड बुल एरेनामा सम्पन्न खेलमा इटालीले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गरेको हो। मैत्रीपूर्ण खेलमा इटालीको यो दोस्रो जित हो। पहिलो मैत्रीपूर्ण खेलमा इटालीले भेनेजुएलालाई २–१ गोल अन्तरले पराजित गरेको थियो। इक्वेडरविरुद्ध जित दिलाउन लोरेन्जो पेलेग्रिनी र निकोलो बारेलाले १,१ गोल गरे। खेलको तीन मिनेटमै पेलेग्रिनीको गोलमार्फत इटालीले अग्रता लिएको थियो। फ्रिक्रिक प्रहार गर्दा..
नेपालले आज आयरल्यान्ड ‘ए’ टीमसँग खेल्दै
१२ चैत । आयरल्यान्ड ‘ए’ टीमसँगको दुई टी–२० अभ्यास खेलअन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे सुरू हुनेछ । टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले आयरल्यान्ड ‘ए’ टीमसँग घरेलु मैदानमा दुई टी–२० अभ्यास खेल खेल्न लागेको हो । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल ‘ए’ टीमले आयरल्यान्ड ‘ए’ टीमसँग तीन टी–२० र तीन एकदिवसीय खेल खेल्नेछ । चैत १५, १६ र..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७