नेपालले दियो आयरल्यान्ड ‘ए’ लाई १९९ रनको लक्ष्य

१३ चैत  । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो । नेपालका गुल्सन झाले ३२ बलमा ४६ र कुशल मल्लले १३ बलमा ३४ रन जोडे । रोहित पौडेलले २४ बलमा ३३ र कुशल भुर्तेलले १६ बलमा..

विश्वकप छनोटः आज नेपालले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै

१३ चैत । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै छ । नेपाल समूह ‘एच’मा छ । विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा १–० ले हराएको थियो । दोस्रो चरणमा तीन खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ । बहराइनसँग दोस्रो लेग खेल्दा भिन्चेन्सो अल्बर्टाे एनेसको प्रशिक्षणमा रहेको नेपाली टिम पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । नेपालले यसअघि पहिलो लेगमा बहराइनसँग ५–० को..

टी–२० अभ्यास खेलः आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै नेपाल

१३ चैत । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी–यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो । त्यसैले नेपाली खेलाडीहरूले बिनादबाब खेलिरहेका छन् । नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी..

टी २० क्रिकेटमा नेपालद्वरा आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित

१२ चैत । नेपालले पहिलो टी २० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण योगदान गरे ।..

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलः इटालीको लगातार दोस्रो जित

१२ चैत । इटालीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जित हासिल गरेको छ। अमेरिकाको न्यू जर्सीस्थित रेड बुल एरेनामा सम्पन्न खेलमा इटालीले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गरेको हो। मैत्रीपूर्ण खेलमा इटालीको यो दोस्रो जित हो। पहिलो मैत्रीपूर्ण खेलमा इटालीले भेनेजुएलालाई २–१ गोल अन्तरले पराजित गरेको थियो। इक्वेडरविरुद्ध जित दिलाउन लोरेन्जो पेलेग्रिनी र निकोलो बारेलाले १,१ गोल गरे। खेलको तीन मिनेटमै पेलेग्रिनीको गोलमार्फत इटालीले अग्रता लिएको थियो। फ्रिक्रिक प्रहार गर्दा..

नेपालले आज आयरल्यान्ड ‘ए’ टीमसँग खेल्दै

१२ चैत । आयरल्यान्ड ‘ए’ टीमसँगको दुई टी–२० अभ्यास खेलअन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे सुरू हुनेछ । टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले आयरल्यान्ड ‘ए’ टीमसँग घरेलु मैदानमा दुई टी–२० अभ्यास खेल खेल्न लागेको हो । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल ‘ए’ टीमले आयरल्यान्ड ‘ए’ टीमसँग तीन टी–२० र तीन एकदिवसीय खेल खेल्नेछ । चैत १५, १६ र..

आईपीएलः गुजरात टाइटन्सको विजयी सुरुआत

१२ चैत । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ । गुजरात छाडेर मुम्बइको कप्तानको रुपमा फर्किएका हार्दिक पान्ड्याले पहिलो खेल हारबाट सुरुआत गरेका छन् । मुम्बइले रोहित शर्मालाई कप्तानबाट हटाउँदै हार्दिकलाई नेतृत्व दिएको थियो । जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो । मुम्बइका डेवाल्ड ब्रेभिसले ३८ बलमा..

६ सेकेन्डमै गोल गर्दै क्रिस्टोफर बने अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी

११ चैत । अस्ट्रियाका क्रिस्टोफर बाउमगार्टनेर अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत शनिबार राति स्लोभाकियाविरुद्ध बाउमगार्टनेरले सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले स्लोभाकियाविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै गोल गरेका थिए । सेन्टरबाट बल चलाएलगत्तै उनले स्लोभाकियाका तीन खेलाडीलाई कटाउँदै १८ यार्ड बक्सबाहिरबाट सेकेन्ड बारमा गोल गरेका थिए । उनले खेल सुरु भएपछि बलमा कुल आठ ‘टच’ गर्दै गोल..

आयरल्याण्डसँग खेल्ने नेपाल ए टीमको घोषणा

११ चैत । आयरल्याण्ड वल्भससँग खेल्ने नेपाल ए टीमको टोली घोषणा भएको छ । टी–यू क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने एक दिवसीय र टी–२० दुवै खेलका लागि क्यानले टोली घोषणा गरेको हो । विनोद भण्डारीको कप्तानीमा दुवै फम्र्याटको टोली घोषणा गरिएको हो । टी–२० को टोलीमा विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री,..

रेड बुल्ससँग इन्टर मियामीको लज्जास्पद हार

११ चैत । लेविस मोर्गनले ह्याट्रिक गोल गरेसँगै अमेरिकन लिग सकरअन्तर्गत इन्टर मियामीले हार बेहोरेको छ। शनिबार राति सम्पन्न खेलमा न्यूयोर्क रेड बुल्सले मियामीलाई ४–० गोल अन्तरले पराजित गरेको हो। घरेलु टोली बुल्सको जितमा लेविस मोर्गनले ह्याट्रिक गोल गरे। यता, विकलम्यान कार्माेनाले १ गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको बुल्सले दोस्रो हाफमा थप ३ गोल गरेको थियो। मोर्गनले खेलको ३, ५१ र ७०औँ मिनेटमा गोल गरेका थिए।..