२० चैत । एथ्लेटिको मड्रिड स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ।
सिरेमिक स्टेडियममा सोमबार राति सम्पन्न खेलमा घरेलु टोली भिल्ला रियललाई २–१ गोल अन्तरले पराजित गर्दै एथ्लेटिकोले स्थान सुधार गरेको हो।
एथ्लेटिको जितमा एक्सेल विट्सेल र साउल जिग्गेजले १र१ गोल गरे। भिल्लाको लागि अलेक्जेन्डर सोरलोथको गोल सान्त्वना रह्यो।
खेलको नवौँ मिनेटमै एक्सेलले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए। उनले रोड्रिगो रिक्वेल्मेको पासमा गोल गरे।
तर, ५०औँ मिनेटमा भिल्ला खेलमा फर्कियो। अलेक्जेन्डरले जेरार्ड मोरेनोको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
८७औँ मिनेटमा साउलले गोल गर्दै एथ्लेटिकोलाई २–१ को जित दिलाए। उनले सिजर एजपिलिकुएटाको पासमा गोल गरेका थिए।
जितसँगै चौथौ स्थानमा रहेको एथ्लेटिकोले ३० खेलबाट ५८ अंक जोडेको छ। पराजित भिल्ला समान खेलबाट ३८ अंक जोड्दै तालिकामा १०औँ स्थानमा यथावत छ।