बराबरीसँगै आर्सनलले शीर्ष स्थानमा उग्लिने मौका गुमायो

बराबरीसँगै आर्सनलले शीर्ष स्थानमा उग्लिने मौका गुमायो

१९ चैत । इङ्ग्लिस प्रिमियर लिगका दुई उपाधि दावेदार आर्सनल र म्यानचेस्टर सिटी गोलरहित बराबरीमा रोकिएका छन्। इतिहात स्टेडियमा आइतबार राति सम्पन्न खेलमा घरेलु टोली सिटी र आर्सनलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

बराबरीसँगै आर्सनलले शीर्ष स्थानमा उग्लिने मौका गुमाएको। यसको फाइदा भने लिभरपुलले उठाएको छ।

आइतबार नै सम्पन्न खेलमा ब्राइटनमाथि पुनरागमन जित हासिल गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। एनफिल्डमा सम्पन्न खेलमा ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै घरेलु मैदान लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो। जितसँगै लिभरपुलले २९ खेलबाट ६७ अंक जोडेको छ।

लिभरपुलले २० खेलमा जित, ७ मा बराबरी र २ मा पराजय बेहोरेको छ। आर्सनल २९ खेलबाट ६५ अंक साथ दोस्रो स्थानमा रहेको छ। सिटीको समान खेलबाट ६४ अंक रहेको छ। सिटी तालिकामा तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर