पुनरागमन जितसहित लिभरपुल शीर्ष स्थानमा

पुनरागमन जितसहित लिभरपुल शीर्ष स्थानमा

१९ चैत । ब्राइटनमाथि पुनरागमन जित हासिल गर्दै लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

एनफिल्डमा आइतबार सम्पन्न खेलमा ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै घरेलु मैदान लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो। जितसँगै लिभरपुलले २९ खेलबाट ६७ अंक जोडेको छ।

लिभरपुलले २० खेलमा जित, ७ मा बराबरी र २ मा पराजय बेहोरेको छ। पराजित ब्राइटनको भने समान खेलबाट ४२ अंक छ। ब्राइटन नौँ स्थानमा यथावत रहेको छ।

लिभरपुलको जितमा लुइस डियाज र मोहम्द सलाहले १र१ गोल गरे। पाहुना टोली ब्राइटनका लागि ड्यानी वेलबेके गरेको गोल सान्त्वना बन्यो।

खेलको दोस्रो मिनेटमै वेलबेकको गोलबाट ब्राइटनले शुरूआती अग्रता बनाएको थियो। तर, उक्त अग्रता ब्राइटनले जोगाउन सकेन।

२७औँ मिनेटमा लुइसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। पहिलो हाफमा १–१ को बराबरीमा सकिएको खेलको ६५औँ मिनेटमा सलाहले गोल गरेपछि लिभरपुलले २–१ गोलको अग्रता बनायो।

त्यसपछि बाँकी समय थप गोल नहुँदा लिभरपुल २–१ ले विजयी बन्यो।

प्रतिक्रिया:

सम्बन्धित खवर