खेलकुद
प्रिमियर लिगमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले अंक बाँडे
२६ चैत । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्। युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा २–२ को बराबरीमा टुंगियो। लिभरपुलले सुरुवाती अग्रता लिएपनि दोस्रो हाफमा युनाइटेडले २ गोल गर्दै अग्रता लिएको थियो। तर अन्त्यतिर लिभरपुल पेनाल्टीमा गोल फर्काउँदै बराबरीमा ल्यायो। २३ औं मिनेटमा लुइस डियाजले लिभरपुललाई अग्रता दिलाएका थिए। लिभरपुलले त्यसपछि अग्रता बढाउने अवसर पाएपनि मोहमद सलाह २ अवसरमा चुके। दोस्रो हाफको..
गौतम बुद्ध रंगशालाको लागि आवश्यक बजेटको व्यवस्था आर्थिक वर्षमा हुने
२६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन्। बागमती प्रदेश खेलकुद परिषद्द्वारा आइतबार आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय प्रतियोगितामा उनले भरतपुरको रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताए। ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माणकार्यमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ,’उनले भने,..
गुजरातलाई हराउँदै नेपालले जित्यो एसएमएस फ्रेन्डशिप कपको उपाधि
२५ चैत । गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कपको उपाधि उचालेको छ । वापीमा भएको फाइनल खेलमा घरेलु टोली गुजरात माथि १८ रनको जित हासिल गर्दै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १७७ रनको बलियो लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो । गुजरातका लागि कप्तान उमङ्ग रोहित कुमारले २८ बलमा सर्वाधिक ४० रन जोड्न सफल भए । यस्तै आर्य देसाईले २४..
आयरल्यान्ड वुल्भ्सद्वरा एकदिवसीय शृंखला ‘क्लिन स्वीप’
२५ चैत । नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्ड वुल्भ्सले ‘क्लिन स्वीप’ गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ६९ रनको सहज जित निकाल्दै वुल्भ्सले शृंखला क्लिन स्वीप गरेको हो । खेलमा वुल्भ्सले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.४ ओभरमा २१५ रनमा आलआउट भयो । नेपालका अर्जुन कुमालले शतक बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ११८ बलमा १४ चौकासहित..
आयरल्याण्ड विरुद्ध १८ बर्षीय अर्जुनको शतक
२५ चैत । अर्जुन कुमालले तेस्रो तथा अन्तिम एक दिवसीयमा आयरल्याण्ड विरुद्ध शतक बनाएका छन् । २८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले ३४औं ओभरको पहिलो बलमा २ रन जोड्दै शतक पूरा गरेका हुन् । ११३ बलको सामना गरेका उनले १४ चौका हानेका थिए । कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरूवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । साउद ३६ रनमा आउट भए..
एसएमएस कपको फाइनलमा नेपालद्वरा गुजरातलाई १७७ रनको लक्ष्य
२५ चैत । एसएमएस त्रिकोणात्मक टी–२० शृंखलाको फाइनल खेलमा नेपाली क्रिकेट टोलीले गुजरातलाई जितका लागि एक सय ७७ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले केवल ४७ बलमा ७४ रन बनाए । ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४..
नविन राई स्मृति भेट्रान कपको उपाधि पूर्वेली भेट्रान क्लब बिर्तामोडले जित्यो
२४ चैत, शिवसताक्षी । झापाको शिवसताक्षीमा संचालित प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि पूर्वेली भेट्रान क्लब बिर्तामोडले जितेको छ । आयोजक झिलझिले भेट्रान क्लबलाई ४–० गोल अन्तरले हराउँदै पूर्वेलीले उपाधि जितेको हो । उपाधिसँगै पूर्वेलीले नगद ७१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता आयोजक झिलझिले भेट्रान क्लबले नगद ४१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी..
लापोर्टेको गोलमा अल नासारको जित
२४ चैत । एमेरिकर लापोर्टेको निर्णायक गोलमा अल नासारले साउदी प्रो लिगमा संघर्षपूर्ण जित हासिल गरेको छ। प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा अल नासारले दामाक एफसीलाई १–० ले पराजित गरेको हो। अल नासरको जितमा लापोर्टेले गरेको गोल नै निर्णायक रह्यो। उनले खेलको दोस्रो हाफको इन्जुरी सयमको पहिलो मिनेटमा मार्सेलो ब्रोजोभिकको पासमा गोल गरेका थिए। यसअघि लगातार दुई खेलमा ह्याट्रिक गरेका कप्तना क्रिस्टियानो रोनाल्डाले भने गोल..
फ्रेन्डसिप टी२० कपमा बरोडासँग नेपाल ३७ रनले पराजित
२३ चैत । नेपाल भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपमा बरोडासँग ३७ रनले पराजित भएको छ । १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अल आउट भयो । नेपालका सन्दीप जोराले ४३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५६, कुशल भुर्तेल १६, विवेक यादव १७, कुशल मल्ल ३, करण केसी शून्य, दीपेन्द्रसिंह ऐरी २, अनिलकुमार शाह र गुलशन झा १–१ रनमा आउट भए । बरोडाका ध्रुव पटेलले..
सन्दीप लामिछानेको मुद्दामा ‘प्रत्यर्थी झिकाउन’ आदेश
२३ चैत । बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी झिकाउन आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा भएको फैसलाविरुद्ध सन्दीप गएको फागुन १० गते पुनरावेदनमा गएका थिए । सरकारी वकिल पनि सन्दीपको मुद्दामा पीडित गौशाला–२६ नाबालिग नभएको फैसलाविरुद्ध चैत २ मा पुनरावेदनमा गएको थियो । सरकारी वकिलले पीडित गौशाला–२६ नाबालिग नै भएको भन्दै सन्दीपलाई हैदसम्मको अर्थात १३..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७