खेलकुद

आयरल्याण्ड विरुद्ध १८ बर्षीय अर्जुनको शतक
२५ चैत । अर्जुन कुमालले तेस्रो तथा अन्तिम एक दिवसीयमा आयरल्याण्ड विरुद्ध शतक बनाएका छन् । २८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले ३४औं ओभरको पहिलो बलमा २ रन जोड्दै शतक पूरा गरेका हुन् । ११३ बलको सामना गरेका उनले १४ चौका हानेका थिए । कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरूवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । साउद ३६ रनमा आउट भए..

एसएमएस कपको फाइनलमा नेपालद्वरा गुजरातलाई १७७ रनको लक्ष्य
२५ चैत । एसएमएस त्रिकोणात्मक टी–२० शृंखलाको फाइनल खेलमा नेपाली क्रिकेट टोलीले गुजरातलाई जितका लागि एक सय ७७ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले केवल ४७ बलमा ७४ रन बनाए । ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४..

नविन राई स्मृति भेट्रान कपको उपाधि पूर्वेली भेट्रान क्लब बिर्तामोडले जित्यो
२४ चैत, शिवसताक्षी । झापाको शिवसताक्षीमा संचालित प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि पूर्वेली भेट्रान क्लब बिर्तामोडले जितेको छ । आयोजक झिलझिले भेट्रान क्लबलाई ४–० गोल अन्तरले हराउँदै पूर्वेलीले उपाधि जितेको हो । उपाधिसँगै पूर्वेलीले नगद ७१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता आयोजक झिलझिले भेट्रान क्लबले नगद ४१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी..

लापोर्टेको गोलमा अल नासारको जित
२४ चैत । एमेरिकर लापोर्टेको निर्णायक गोलमा अल नासारले साउदी प्रो लिगमा संघर्षपूर्ण जित हासिल गरेको छ। प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा अल नासारले दामाक एफसीलाई १–० ले पराजित गरेको हो। अल नासरको जितमा लापोर्टेले गरेको गोल नै निर्णायक रह्यो। उनले खेलको दोस्रो हाफको इन्जुरी सयमको पहिलो मिनेटमा मार्सेलो ब्रोजोभिकको पासमा गोल गरेका थिए। यसअघि लगातार दुई खेलमा ह्याट्रिक गरेका कप्तना क्रिस्टियानो रोनाल्डाले भने गोल..

फ्रेन्डसिप टी२० कपमा बरोडासँग नेपाल ३७ रनले पराजित
२३ चैत । नेपाल भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपमा बरोडासँग ३७ रनले पराजित भएको छ । १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अल आउट भयो । नेपालका सन्दीप जोराले ४३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५६, कुशल भुर्तेल १६, विवेक यादव १७, कुशल मल्ल ३, करण केसी शून्य, दीपेन्द्रसिंह ऐरी २, अनिलकुमार शाह र गुलशन झा १–१ रनमा आउट भए । बरोडाका ध्रुव पटेलले..

सन्दीप लामिछानेको मुद्दामा ‘प्रत्यर्थी झिकाउन’ आदेश
२३ चैत । बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी झिकाउन आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा भएको फैसलाविरुद्ध सन्दीप गएको फागुन १० गते पुनरावेदनमा गएका थिए । सरकारी वकिल पनि सन्दीपको मुद्दामा पीडित गौशाला–२६ नाबालिग नभएको फैसलाविरुद्ध चैत २ मा पुनरावेदनमा गएको थियो । सरकारी वकिलले पीडित गौशाला–२६ नाबालिग नै भएको भन्दै सन्दीपलाई हैदसम्मको अर्थात १३..

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ११४ रनले पराजित
२३ चैत । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ पराजित भएको छ । आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । जवाफी..

फिफा वरीयतामा नेपाल तीन स्थान तल झर्यो
२३ चैत । विश्व फुटबलको सर्वाेच्च निकाय फिफा वरीयतामा नेपाली फुटबल टिम तीन स्थान तल झरेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल हाल १७८औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब नतिजा निकालेपछि नेपाल घटुवामा परेको हो । छनोटको दोस्रो चरणमा समूह ‘एच’ मा रहेको नेपालले ‘फेब्रुअरी विन्डो’मा बहराइनसँग दुई खेल खेलेको थियो । नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको..

दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ लाई आयरल्यान्डद्वरा १७५ रनको लक्ष्य
२३ चैत । गाभिन होइको अर्धशतकप्रेरित आयरल्यान्ड वुल्भ्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले १७५ रनको लक्ष्य पाएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो । वुल्भ्सका गाभिन होइले सर्वाधिक ५० रन रन बनाए । होइले ९४–७ को नाजुक अवस्थाबाट लियम म्याकार्थीसँग ४८ रनको साझेदारी गर्दै वुल्भ्सलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । माकार्थीले..

‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयन सार्वजनिक, को–को परे?
२३ चैत, झापा । ‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको पाँचौँ संस्करणको मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो । ‘झापा स्पोर्टस् अवार्ड’ पाँचौँ संस्करणका लागि विभिन्न पाँच विधाका प्रत्येक विधामा तीनतीनजना र तीन विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एकएकजना सिधै छनोट गरेको प्रतिभा छनोट..