६ वैशाख, सुनसरी । सुनसरीमा लकडाउन तोड्नेलाई प्रहरीले सडकमै कार्वाही थालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानबाट लकडाउन उल्लङ्घन गर्ने ९८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले शनिवार बिहानदेखी सुनसरीका विभिन्न सडकमा पैदल हिड्दै गरेको अवस्थामा जिल्ला भित्रका ५० जना र बाहिरी जिल्लाबाट सुनसरी आएका ९ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।
उपरीक्षक पोख्ररेलले घरबाट काम बिना बाहिर सडकमा हिड्डुल गर्दै गरेको अवस्थामा सुनसरीका विभिन्न स्थानबाट ३९ जनालाई पक्राउ गरिएको बताउनुभयो । सडकमा पैदल हिडदै गरेको अवस्थामा नियन्त्रणमा लिएका ३९ जनालाई अस्पतालमा स्वास्थ्य परीक्षण गरि क्वारेन्टाईनमा राखिएको र घरबाट काम बिना हिडडुल गर्नेहरुलाई इनरुवा लगायतका प्रहरी कार्यालयमा राखिएको प्रहरी उपरीक्षक पोख्ररेलले बताउनुभयो ।
उपरिक्षक पोख्ररेलका अनुसार कोरोना सक्रमणको खतरा बढ्दै गएको पाईएकाले जिल्लाका सवै स्थानमा मानिसहरुलाई घर भित्र बस्न र सडकमा सुरक्षाकर्मी बाहेक कसैलाई पनि आवत जावत गर्न नपाईने गरि कडाई गरिएको बताउनुभयो ।
हिजो राती नै सुनसरी प्रशासनले माइकिङ्ग मार्फत वैशाख ६ गतेदेखि ८ गतेसम्म अघोषित कफर््यु सरह सर्वसाधरणहरुलाई घरबाहिर नहिडन र बजार पसल नखोल्न आग्रह गरेको थियो ।