घरबाहिर मान्छे देख्नसाथ सिधै क्वारेन्टाइनमा लगेर राख्छौंः सुनसरी प्रहरी

घरबाहिर मान्छे देख्नसाथ सिधै क्वारेन्टाइनमा लगेर राख्छौंः सुनसरी प्रहरी

६ बैशाख, सुनसरी । पछिल्लो पटक प्रदेश नं. १ मा एकै दिनमा १२ जना कोरोना संक्रमित फेला परेपछि आजबाट लकडाउन झन् कडाईका साथ लागू गरिएको छ ।

प्रदेश नं. १ को उदयपुरमा रहेको मस्जिदमा १२ जना कोरोना सक्रमित भेटिएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रवार राती अवेरबाट लकडाउनमा कडाई गरेको होे ।

उदयपुरको मस्जिदमा रहेका १२ जना भारतिय नागरिकहरुमा कोरोना संक्रमणको पुष्टी भएपछि सुनसरीमा आजबाट मानिसहरुको आवतजावतमा पुर्ण रुपमा रोक लगाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपि बिनोद शर्माले बताउनुभएको छ ।

डिएसपि शर्माका अनुसार सडकमा आजबाट सुरक्षाकर्मी र स्वास्थ्कर्मीहरुको बाहेक अन्य सवारी साधनहरु गुड्न रोक लगाईएको छ । औषधी र दुध बिक्री गर्ने बाहेकका सम्पुर्ण पसलहरु समेत बन्द गरिएको छ । त्यस्तै सवै जिल्लावासीहरुलाई घरबाट बाहिर नआउन पनि आग्रह गरिएको छ ।

उहाँले भन्नुभयो ‘यदि विना काम निस्किएको भेटिएमा सिधै क्वारेन्टाइनमा लगेर राख्छौं ।’ लकडाउनको पुर्ण पालना गर्न सुनसरी प्रहरीले माइकिङ्ग समेत गर्दै आएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर