बजार अनुगमनमा म्याद सकिएकाे खाद्यवस्तु भेटिए

बजार अनुगमनमा म्याद सकिएकाे खाद्यवस्तु भेटिए

बाग्लुङ, ७ बैशाख । बाग्लुङकाे ताराखाेला गाउँपालिकाले बजार अनुगमन गर्दा म्याद गुज्रिएका खाद्यान्न फेला पारेको छ । लकडाउनको समयमा कालोबजारी मौलाएको र मूल्यवृद्धि भएको गुनासो आउन थालेपछि ताराखोला गाउँपालिकाले बजार अनुगमन थालेको हाे ।

ताराखोला गाउँपालिका–५ मा शनिबार गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यान्न तथा पेयपदार्थ फेला परेका हुन् । गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयका प्रमुख र स्वास्थ्य शाखा प्रमुखसहित बजार अनुगमनमा निस्किएको टोलीले म्याद गुज्रेका खाद्य तथा पेयपदार्थ फेला पारेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रमुख युवराज सलामी मगरले जानकारी दिए ।

एक बोरा चामल, चाउचाउ, चिजबल, फ्रुुटी, बिस्कुटलगायतका खाद्य पदार्थको म्याद गुज्रिएको भेटिएको हो । ‘बजारमा धेरै सामान म्याद गुज्रिएका भेटिए, हामीले नियन्त्रणमा लिएका छौँ’, मगरले भने, ‘एउटा गुनासो सुनेर बजार पुगेको अवस्था अर्कै रहेछ ।’ गुनासो आएकोजस्तो मूल्यवृद्धि नभएको भए पनि बजारमा म्याद गुज्रिएका खाद्य वस्तुको बिक्री वितरण भइरहेको पाएको उनले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर