हिमाल पारिको जिल्ला मनाङमा समेत कोरोना सङ्क्रमित फेला

हिमाल पारिको जिल्ला मनाङमा समेत कोरोना सङ्क्रमित फेला

४ आश्विन, कास्की । गण्डकी प्रदेशमा विहिबार मात्रै ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज फेला परेका नयाँ संक्रतिम मध्ये दुई जना महिला र बाँकि ४५ जना पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालय रामपुर पोखराले जनाएको छ । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ९४ पुगेको छ ।

जारी सुचना अनुसार हिमाल पारिको जिल्ला मनाङमा समेत कोरोना सङ्क्रमित भेटिएका छन् । कपिलवस्तुबाट मनाङ पुगेका कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, नवलपरासी बर्दघाट सुस्तापूर्वमा १८, गोरखामा १२, तनहुँमा १२ र पर्वतमा पाँच जना रहेका छन् । दुई जना महिला मध्ये एकजना गोरखा र दोस्रो पर्वतका रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान पौने ६ बजे ४२ जना नयाँ सङ्क्रमितको अद्यावधिक गरेकोमा ८ बजे अरु ५ जना पनि थपिएको अद्यावधिक गराएसँगै गण्डकी प्रदेशमा आजमात्रै ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा २२ जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर