भारी वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु

भारी वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु

११ असार, काठमाण्डौँ । आज बिहान भारी वर्षासँगै परेको चट्याङ्का कारण सप्तरीमा चार जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार जिल्लाको छुट्टाछुट्टै स्थानका चार जनाको चट्याङ्ले लागेर ज्यान गएको हो ।

सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।

प्रवक्ता भारतीका अनुसार चट्याङ् लागेर ज्यान गुमाउनेहरुमा ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, ३० वर्षीया ललितादेबी यादव र ४६ वर्षीय केसी साह रहेका छन् ।

प्रहरीका अनुसार सप्तकोशी नदीमा नुहाउन गएका बेला बेचन यादव र छेदी ठाकुरको चट्याङ्ले लागेर ज्यान गएको थियो । यस्तै खेतमा काम गर्न गएका बेला ललितादेवी यादव र केसी साहको चट्याङ् लागेर ज्यान गएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर