जनकपुर–जयनगर रेलमार्गको निर्माण कार्य लक्ष्यभन्दा बढी सम्पन्न

६ असार, जनकपुरधाम । लकडाउनका कारण सबै पूर्वाधार निर्माणका क्षेत्रमा अशर परेपनि रेलमार्गको निर्माण कार्य लक्ष्यभन्दा बढी सम्पन्न भएको छ ।

चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० कि.मी. रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा झण्डै ६२ कि.मी. सम्पन्न भइसकेको भौतिक पुर्वधार मन्त्रालयले जनाएको छ ।

कुर्था–जयनगर रेलमार्ग अन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्गका विभिन्न खण्डमा निर्माण जारी रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो ।

कोरोना संत्र,मण रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राखे पनि विभागले निर्माणलाई निरन्तरता दिएको छ । उहाँका अनुसार बन्दाबन्दीका कारण केही दिन रोकिए पनि त्यसपछि काम धमाधम भईरहेका छ ।

बर्दिबास–निजगढ खण्डमा पर्ने रौतहटको सन्तपुर क्षेत्रमा ट्रयाक बेड तथा त्यहाँ पर्ने मुख्य र सहायक संरचनाको काम भइरहेको जनाईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270