प्रदेश–१ मा थपिए २० जना कोरोना संक्रमित

प्रदेश–१ मा थपिए २० जना कोरोना संक्रमित

९ असार, विराटनगर । प्रदेश–१ मा आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १० जना महिला छन् ।

प्रदेश–१ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारी क्षितिश भट्टराईका अनुसार मोरङको विराटनगर महानगरपालिका र सुन्दरहरैचाका १–१ जना, सुनसरीको धरानका २ जना महिला, कोसी गाउँपालिकाका १ जना पुरुष र ओखलढुंगाका १ जना पुरुष र झापाका १२ जना गरी कुल २० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ८३ पुगेको छ ।

यता देशभरमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार संक्रमित नाघेको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ५ सय ३८ सक्रमित थपिएसँगै कुल संक्रमित १० हजार ९९ पुगेको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार आज थपिएकामा ९० महिला र ४ सय ४८ पुरुष छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर