कर्मचारीको मनोमानीले योजनाको काम ढिला भयोः प्रदेश सांसद कागते

कर्मचारीको मनोमानीले योजनाको काम ढिला भयोः प्रदेश सांसद कागते


५ आश्विन, विराटनगर । प्रदेश–१ का सांसद् काजिमान कागतेले कर्मचारीको मनोमानीले योजनाको काम ढिलो भएको गुनासो गर्नुभएको छ ।

प्रदेश सांसद विकाश कोष मार्फत निर्वाचन क्षेत्रमा खर्च हुने योजनाको बजेटल समयमा नसकिने देखिएको हुँदा सरकारले यसतर्फ ध्यान दिनुुपर्ने सांसद कागतेले गुनासो गर्नुभयो ।

आजको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले कर्मचारी माननीय बन्ने गरेको भन्दै योजनाको काम कहाँ के भइरहेको छ ? भन्ने बारे अन्यौल भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यहाँ त माननीय कर्मचारी जस्तो, कहाँ के छ भन्दै खोज्दै जानुुपर्ने भयो, कर्मचारी चाहि माननीय बने ।’

ठेकेदारको लापवार्हिले गर्दा योजनाको काम समयमा सम्पन्न नहुने भन्दै त्यसको दोष अन्त्यमा सरकारलाई नै आउने हुँदा बेलैमा योजनाको काम सम्पन्न गर्न सरकारले निगरानी बढाउन कागतेले आग्रह गर्नुभयो ।

‘ठेकेदारले लेनदेन गर्ने चलन छ । यो चलन हटाउनु पर्याे । नत्र यो पुरानै संरचना हुन्छ । खर्च नगर्ने सरकार भनेर सधनमा दोहोरी चल्छ ।’ उहाँले भन्नुभयो ।

सांसद कागतेले स्वास्थ्य क्षेत्रको उपचारको मुल्यमा एक रुपता ल्याउन समेत माग गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर