नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वरा दमकमा फरक क्षमता भएका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल बितरण

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वरा दमकमा फरक क्षमता भएका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल बितरण

५ पुष, दमक । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले झापाको दमक नगरपालिका ९ मा रहेको सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका (दृष्टि बिहिन) बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल बितरण गरेको छ ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको अध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गरी बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल वितरण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि कुँवरले सामाजिक क्षेत्रमा कार्य गर्ने नेपाल प्रहरी श्रीमती संघको कार्य योजना र लक्ष्य अनुसार बिविध परोपकारी कार्यहरु निरन्तर संचालन गरिरहेको बताउदै आगामी दिनमा समेत सामाजिक कार्य तथा मानव सेवामा नेपाल प्रहरी श्रीमती संघ थप सशक्त रुपले उत्साहित भई लागि पर्ने बताएका छन्।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख तथा उप प्रमुख, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशननाथ बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, बिद्यालयका शिक्षक शिक्षिकाहरु, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, स्थानिय पत्रकारहरु, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270