इलामको देउमाईमा एकल पुरुष, अविवाहित महिला र तेस्रो लिङ्गीलाई मासिक भत्ता

इलामको देउमाईमा एकल पुरुष, अविवाहित महिला र तेस्रो लिङ्गीलाई मासिक भत्ता

३ पौष, इलाम। इलामको देउमाई नगरपालिकाले एकल पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ । देउमाई नगरपालिकाले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई रु एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ ।

देउमाई नगरपालिकाले एकल पुरुष भत्ता वितरणसम्बन्धी कार्यविधि पारित गरी एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको छ । देउमाईले गएको आर्थिक वर्ष २०७९र८० मा नगरभित्रका दुई सय सात जना एकल पुरुषलाई रु २४ लाख ८४ हजार भत्ता उपलब्ध गराएको लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए ।

चालु आवमा भने गत वर्षको तुलनामा एकल पुरुषको सङ्ख्या १० जनाले घटेको छ । चालु आवको पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले भत्ता लिएका छन् । लेखा अधिकृत येक्तेनका अनुसार पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले रु पाँच लाख ९१ हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा एकल पुरुष भत्ताका लागि रु २८ लाख विनियोजन गरेको छ ।

एकल पुरुषको समेत जीवन सहज बनाउने उद्देश्यसहित एकल पुरुषलाई मासिक भत्ता दिन सुरु गरिएको देउमाई नगरपालिकाका प्रमख सूर्य पोख्रेलले बताए ।

अविवाहित महिला र तेस्रोलिङ्गीलाई पनि भत्ता

त्यसैगरी देउमाई नगरपालिकाले ४५ वर्ष उमेर पुगेका अविवाहित महिला र तेस्रोलिङ्गीलाई पनि भत्ता दिँदै आएको छ । ४५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई मासिक रु एक हजार र तेस्रोलिङ्गीलाई मासिक रु पाँच सयका दरले उपलब्ध गराउँदै आएको छ । गएको आवमा देउमाईका ८८ जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले रु १० लाख ५६ हजार पाएका छन् ।

चालु आवमा भने गत वर्षको तुलनामा दुईजना थप भएको छ । चालु आवको पहिलो त्रैमासिकमा ९० जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले रु दुई लाख ७० हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा ४५ वर्ष उमेर पुगेका अविवाहित महिला भत्ताका लागि रु १० लाख विनियोजन गरेको छ ।

तेस्रोलिङ्गीहरु भने भत्ता लिन कोही नआएको लेखा अधिकृत येक्तेनले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270