
१६ पौष, मोरङ । मोरङको सुन्दरहरैंचामा जंगली हात्ती गोली हानी मारेको अवस्थामा मृत फेला परेको छ । सुन्दरहरैंचा नगरपालिका १० स्थित जनजागरण सामुदायिक वनमा करिव १२ वर्षको जंगली हात्ती मृत फेला भेटिएको हो ।
घटना स्थलमा रहेका स्थानीय दिनेश गिरीका अनुसार मृत हात्तीको टाउकोको भागमा गोली हानेको देखिन्छ । मृत हात्ती भेटिएको स्थानमा रगत पनि बगेको छ । प्रहरी स्रोतका अनुसार सिकारीको समूहले गोली हानेर मारेको जस्तो देखिन्छ ।
हात्ती मृत भेटिएपछि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले बताए ।
प्रहरी र डिभिजन वन कार्यालय मोरङको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। कोसीटप्पु वन्यजन्तु आरक्षबाट भेटनरी चिकित्सकको टोली पनि पुगेको छ । हात्तीको मृत्युको कारण अनुसन्धानपछि मात्रै खुल्ने डीएसपी दाहालले बताए ।
करिब दुई महिना अघि नेपाल प्रवेश गरेको जंगली हात्तीको समूह मोरङको जंगल क्षेत्रमा छ । मृत भेटिएको हात्ती सोही समूहको हो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७