२ पौष, इलाम । इलामको माइजोगमाई गाउँपालिकाले प्रत्येक विद्यार्थी र ५० वर्ष माथिक सबै नागरिकको निःशुल्क आँखा जाँच शिविर सुरु गरेको छ ।
नेपाल नेत्र ज्योती संघ इलामसँगको सहकार्यमा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा माईजोगमाई गाउँपालिकाले ६ वटै वडामा निःशुल्क आँखा जाँच शिविर संचालन गर्ने गरी आइतबारदेखि शिविर सुरु गरेको गाउँपालिका अध्यक्षको स्वकिय सचिव मनोज लिम्बूले बताए ।
आतबार माईजोगमाई गाउँपालिका-४ नेपाल ज्योति माध्यमिक विद्यालय नामसालिङमा शिविर संचालन भएको छ । आइतबारको शिविरबाट एक सय ४४ जना सेवाग्राही लाभान्वित भएको माईजोगमाई गाउँपालिकाकी उपाध्यक्ष प्रविना राईले जानकारी दिइन् ।