कोशी प्रदेशमा थप ४ मन्त्री र दुई राज्यमन्त्री नियुक्त

कोशी प्रदेशमा थप ४ मन्त्री र दुई राज्यमन्त्री नियुक्त


२६ माघ, विराटनगर । कोशी प्रदेशमा थप ४ मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त भएका छन् । यसअघि ४ मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी थियो । अन्तिम समयमा १ जना राज्यमन्त्री थपिएको हो ।

कोशीमा कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् । सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ

यस्तै कांग्रेसकी इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त गरिएको छ ।

यस्तै माओवादीबाट संखुवासभाका राजेन्द्र कार्कीले सामाजिक विकास र उदयपुरका नारायण बुर्जामगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कार्की यसअघि पनि उद्धव थापा नेतृत्वको सरकारमा विनाविभागीयमन्त्री भएका थिए । मगर भने दोस्रो पटक प्रदेश सांसद निर्वाचित हुँदा पनि मन्त्री बन्नबाट वञ्चित थिए ।

यसअघि कार्कीले कार्तिक १७ गते नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर