प्रदेश
‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने नाराका साथ भद्रपुर नगरपालिकामा धुप बनाउने तालिम सम्पन्न
१७ फागुन, झापा । झापाको भद्रपुर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बाटेको धुप बनाउने तालिम दिइएको छ । ‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने नाराका साथ नगरपालिकाको सामाजिक शाखाको आयोजनामा यहाँका विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बाटेको धुप बनाउने तालिम दिइएको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो । ‘थोरै लगानीमा र स्वदेशी कच्चा पदार्थबाट धुप बनाउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘घरमा बसी–बसी बनाउन सकिने र सजिलै बिक्री गर्न सकिन्छ ।’..
झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकालाई
१७ फागुन, शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले चुमेको छ । विर्तामोड नगरपालिकालाई ३– १ गोल अन्तरले हराउँदै कमल गाउँपालिकाले उपाधि चुमेको हो । खेलको पहिलो हाफमा कमल गाउँपालिकाका जर्सी नं. ९ का बाबुराम हस्ताले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा विर्तामोडका जर्सी नं. ७ का खेलाडी चुनु सोरेनले गोल गर्न सफल भए । त्यस्तै दोस्रो हाफमा कमलको बाबुरामले क्रमशः..
माईजोगमाई गाउँपालिकामा मेलमिलाप सम्बन्धी ८ दिने तालिम सम्पन्न
१६ फागुन, ईलाम । माईजोगमाई गाउँपालिकामा न्यायिक समिति अन्तरगत मेलमिलाप सम्बन्धी ८ दिने तालिम माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिका न्यायिक समितिका संयोजक तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत वडा नं ४ का वडाध्यक्ष डुरन देवान वडा नं ५ का वडाध्यक्ष निर्मलध्वज राई वडा नं ६ का वडाध्यक्ष दिपेश सोङ्मी..
झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने
१६ फागुन, बिर्तामोड । देशब्यापी अभियान अन्तर्गत झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने भएको छ । दादुरा रुबेला खोप अभियान सम्बन्धी सञ्चारकर्मीहरुसँग अभूमूखिकरण गोष्ठी आयोजना गर्दै स्वास्थ्य कार्यालय झापाले फागुन १७ देखि खोप अभियान सञ्चालन गर्ने बताएको हो । कार्यालयले बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा मंगलबार झापाका सञ्चारकमीसँग दादुरा रुबेला खोप अभियान अन्तर्गत अभिमूखिकरण गोष्ठी आयोजना गरेको थियो । झापामा यो वर्ष ५ बर्ष..
गण्डकी प्रदेशकाे हिउँदे अधिवेशन आजदेखि
१६ फागुन । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ। गत असोज १२ गते अधिवेशन अन्त भएको थियो । करिब ६ महिनापछि मन्त्रीपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गरेका हुन्। अधिवेशनको पहिलो दिन संसद्मा प्रतिनिधित्व गर्ने चार वटै दलका संसदीय दल नेताहरूले सम्बोधन गर्नेछन् भने २ वटा विधेयक संसदीय समितिबाट संशोधन सहित संसद्मा पेस हुनेछ। यस्तै, एउटा विधेयक सरकारले संसद्मा..
झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु
१५ फागुन, झापा । झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । ती दुर्घटनामा परी ४२ जना पुरुष, छ महिला र एक बालिकाको मृत्यु भएको छ । साउनमा पाँच,..
ताप्लेजुङ वन कार्यालयमा गोलिया सड्दै, सूचना प्रकाशन गरेपनि किन्ने आएनन्
१३ फागुन, ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङको कार्यालय परिसरमा एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुई पटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाका कारण सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहका अनुसार लिलाम बिक्रीका लागि दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि गोलिया बिक्री नभएको हो । लिलाम बिक्रीको..
गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ पछि बेसार प्रवद्र्धधनमा रोङ गाउँपालिका
१३ फागुन, इलाम । गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवद्र्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो । पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ । स्थानीय एक सहकारीमार्फत बेसारको बीउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना..
हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा गर्दै मुख्यमन्त्री कार्की
९ फागुन, झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरु गरेका छन् । झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरू गरेका हुन् । यो यात्रा उदयपुर पुगेर टुङ्गिनेछ । जीव–जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ मेची खोला तीर हुँदै हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट मुख्यमन्त्री कार्कीले यात्रा सुरु गरेका हुन् । बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न..
विराटनगरका क्षेत्रीको मृत्युमा कैफियत आशंका, ‘सिडिआर’बाट अनुसन्धान प्रारम्भ गर्दै प्रहरी
८ फागुन, विराटनगर । विराटनगर–३ का युवा रोशन क्षेत्रीको मृत्युमा कैफियत आशंका गर्दै मोरङ प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गर्ने भएको छ । स्थानीय जनप्रतिनिधि समेतको अनुरोधमा प्रहरीले मृत्युको कारण जानकारी लिन ‘कल डिटेल रेकर्ड’ बाट अनुसन्धान प्रारम्भ गर्ने भएको हो । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले प्राविधिक अनुसन्धानका लागि अदालतबाट अनुमति लिने काम अगाडी बढाइएको जानकारी दिएका छन् । अदालतको स्वीकृति बिना नेपाल टेलिकमले व्यक्तिको कल डिटेल नदिने भएका..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७