इटहरी भित्र सञ्चालनमा रहेका डेढ दर्जन योजना अलपत्र

इटहरी भित्र सञ्चालनमा रहेका डेढ दर्जन योजना अलपत्र


२१ माघ, सुनसरी । इटहरी उपमहानगरपालिमा भित्र सञ्चालनमा रहेका विभिन्न १४ वटा योजना अलपत्र परेका छन् । पटक–पटक काम गर्न भन्दा पनि ठेकेदार कम्पनीले काम नगरेपछि उपमहानगर क्षेत्रभित्रका १४ वटा विकास निर्माणका योजना अलपत्र परेका हुन् ।

नगरस्तरीय ७ वटा सडक ग्राभेल र कालोपत्रे, ३ वटा पुल निर्माण गर्ने योजना अलपत्र छाडेर ठेकेदार उपमहानगरको सम्पर्कमा छैनन् । पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको इन्जिनियर जीवन घिमिरेले बताए ।

त्यसमध्ये धेरै योजनाहरू लिने तर काम नगर्ने कम्पनी भने गिरी कन्स्ट्रक्सन प्रा.लि हात्तीवन रहेको छ । यो कम्पनीले विभिन्न ५ वटा योजनाको निर्माण गर्ने ठेक्का पाएको थियो । तर सबै काम आधा मात्रै भएका छन् ।

इटहरी १४ मा रहेको हुलाकी सडक राधाकृष्ण मार्ग स्कुल टोल कालोपत्रे सडक योजना, इटहरी १७ मा रहेको लबीपुर मझरा कालोपत्रे सडक योजना, इटहरी १८ मा रहेको जीतपुर बिसनपुर सडक ग्राभेल तथा प्रोटेक्सन वाल निर्माण योजना अलपत्र परेको छ ।

यसै गरी इटहरी १७ र १९ जोड्ने बिसनपुर अमाहा जोड्ने कालोपत्रे सडक योजना र इटहरी ८को सतन मार्ग कालोपत्रे सडक योजना गिरी कन्स्ट्रक्सन प्रा.लि हात्तीवनले ठेक्का लिएको छ । तर कुनै काम पूरा गरेको छैन । यसका सञ्चालक कुमार गिरी हुन् ।

यसैगरी इटहरी १० को बहुजातिय संग्राहलय प्रेरा गिरी जे.भी हात्तीवन र इटहरी ९ स्थित १५ बेडको इटहरी अस्पतालको भवन प्रतिष्ठा गिरी जे.भी कम्पनी पनि एउटै ठेकेदार रहेको इटहरी उपमहानगरले जनाएको छ । यी दुवै निर्माण सेवाका सञ्चालक पनि कुमार नै रहेको उपमहानगरले जनाएको छ ।

गिरी सञ्चालक रहेको विभिन्न गरी ७ वटा निर्माणको ठेक्का लिएको र कामै नगरी अलपत्र पारेको देखिएको छ । सार्वजनिक खरिद ऐनले दिएको अधिकारको प्रयोग गर्दै एउटै कम्पनीले धेरै योजना लिएर अलपत्र पारेको देखिएको छ । कानुन अनुसार एउटै कम्पनीले ५ वटा सम्म ठेक्का लिन पाउने प्रावधान छ ।

यस्तै अन्य योजना अलपत्र पार्ने कम्पनी मध्ये सिराहाको अङ्कित कन्स्ट्रक्सन प्रा।लि हो । यो कम्पनीले दुई योजनाको ठेक्का जिम्मा पाएको छ । अङ्कित कन्ट्रक्सनले स्मार्ट सार्वजनिक शौचालय र इटहरी १६को हक्राहा खोलाको बक्स पुल निर्माणको ठेक्का पाएको र काम बिचमै छाडेर सम्पर्क विहीन भएको इटहरी उप महानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले बताए ।

भोजपुरको निर्माण कम्पनी अनु निर्माण सेवाले पनि २ वटा योजनाको काम गर्छु भनेर काम गरेको छैन । इटहरी २० को धन पुरी मार्गको कालोपत्रे योजना र टेङ्ग्रा खोला कोरिडोरमा रिटर्नीङ वाल लगाउने काम हुन सकेको छैन ।

खनार प्रहरी चौकी –भानु मार्ग भारबी रोड कालोपत्रे योजना आर वन कन्स्ट्रक्सन,घोईन्डा खोलाको पुल निर्माण इटहरी १६ को योजना एम के कन्स्ट्रक्सन सिराहाले अलपत्र छाडेका छन् ।

इटहरी १५ स्थित भोटिया खोलामा पुल बनाउने कामको ठेक्का पाएको भैरव नारायणम जे।भी नेपालगन्जले काम गर्न सकेको छैन ।
ठेकेदार कुमार गिरीले भने,‘समयमा भुक्तानी नपाएका कारण काममा ढिलाइ भएको बताए । उनले भने,निर्माण सामग्रीको मूल्य बढेकाले समेत समस्या भएको छ । मैले यही कुरा स्पष्टीकरण पत्रमा लेखेर पठाएको छु । ’

प्रतिक्रिया:

सम्बन्धित खवर