प्रदेश

काठमाडौँ महानगरपालिकामा ११० कुष्ठरोगका बिरामी फेला
२६ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र कुष्ठरोगका ११० बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९र८० मा महानगरभित्र मात्र ११० कुष्ठरोगका बिरामी फेला पारेका हुन् । महानगरभित्र कुष्ठरोगका बिरामी फेला पारेपछि गैरसरकारी संस्था एनएलआर नेपालले महानगर र स्वास्थ्य सेवा विभागअन्तर्गत शाखाको सहकार्यमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य..

नेकपा एमाले झापाको १४ औं जिल्ला अधिवेशन चैत १५ र १६ गते बिर्तामोडमा हुने
२६ फागुन, बिर्तामोड । नेकपा एमाले झापाको १४ औं जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटीको आज बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो । बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला अधिवेशनमार्फत एमाले झापाको नयाँ नेतृत्व चयन हुन लागेको हो । एमाले झापाको अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र..

इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा काका भतिजको मृत्यु
२६ फागुन, इनरुवा (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा शुक्रबार राति मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । मृतकहरू काका भतिजा हुन् । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र..

झापा गोल्डकपः आज आयोजक झापा ११ र चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुँदै
२६ फागुन, बिर्तामोड । छैँठौ झापा गोल्डकपमा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । डोमालाल रंगशालामा आज दिउँसो ३ बजेपछि आयोजक झापा एघार र ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुँदैछ । आजको बिजेता टिमले फाइनलमा एपिएफ क्लबको सामना गर्नेछ । फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७..

१३ वर्षीया बालिका बलात्कार गर्ने माङ्सेबुङका ६९ वर्षीय दिलबहादुरलाई १२ वर्ष कैद
२६ फागुन, माङ्सेबुङ । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना र पीडित राहत कोषमा रु २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो । अदालतका न्यायाधिश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको हो । दिलबहादुरसहित अन्य दुई जनाले बालिकामाथि..

च्याब्रुङ नाचले गुञ्जयमान बन्यो इलाम बजार
२६ फागुन, फिक्कल (इलाम): हरियाली चियाबारीको बीचमा लुकेको इलाम बजार बिहीबार र शुक्रबार च्याब्रुङको आवाजले गुञ्जयमान बनेको छ । किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको प्रथम आदिवासी याक्थुङ÷लिम्बू सांस्कृतिक महोत्सवमा प्रस्तुत गरिएको च्याब्रुङ नाच (केःलाङ) ले इलाम बजार गुञ्जयमान बनेको हो । झण्डै पाँच सय हाराहारीमा च्याब्रुङ र करिब एक हजारका बाधक (च्याब्रुङे) सहित कलाकारले च्याब्रुङ नाच प्रस्तत गरेका थिए । च्याब्रुङ नाच हेर्न हजारौँ सहभागी भए । ठूलो टुँडीखेलको..

बिर्तामोडमा शिवको उत्पत्ति भएको भन्दै हेर्नेहरुको घुँईचो
२६ फागुन, बिर्तामोड । झापाको बिर्तामोड– १ मा शुक्रवार विहानदेखि शिवको उत्पत्ति भएको भन्दै हेर्नेहरुको घुँईचो लाग्यो । स्थानीय ‘माता भनेर परिचित’ मुना आचार्यको घर नजिकै शिवको प्रतिमा उत्पत्ति भएको हल्लाले हेर्नेहरुको घुँईचो लागेको थियो । धार्मिक अनुयायीहरुले विश्वास गरे पनि अधिकांशले भगवानको उत्पत्ति हुनै नसक्ने प्रतिक्रिया दिएका छन् । कतिपयले यसलाई फण्डाको रुपमा प्रचार गरिरहेका छन् । शिवको उत्पत्ति भएको खवर सुनेपछि दिनभर हेर्ने र पुजा गर्नेहरुको भीड लागेको..

एपिएफ फुटबल क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश
२६ फागुन, बिर्तामोड । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा..

शिवसताक्षीमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु
२६ फागुन, झापा । झापाको धरमपुरमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ११ का २२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा शुक्रबार साँझ ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४७ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे १० प ७७५८ नम्बरको मोटरसाइकललाई ठक्कर..

भद्रपुरलाई उज्यालो नगर बनाइँदै, ५ सय सेन्सर एलइडि लाइट जडान गरिँदै
२४ फागुन, भद्रपुर । भद्रपुरलाई उज्यालो नगर बनाउने उद्देश्यले सडकमा सेन्सर एलइडि लाइट जडान कार्यको सुरुवात गरिएको छ । भद्रपुरका १० वटै वडामा एलइडि लाइट जडान अभियानअन्तर्गत पहिलो चरणमा वडा नम्बर १ (साबिक पृथ्वीनगर) देखि जडान कार्यको सुरुवात गरिएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए । हिमाली चोकमा १ नम्बर वडाअध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका सो अभियानको सुरुवात नगर प्रमुख पोखरेल र उपप्रमुख राधा कार्कीले गरेका थिए । उनीहरूले..