प्रदेश

होस्टेलका विद्यार्थीमाथि सञ्चालकबाट हातपात, भिडियो बाहिर आएपछि सम्पर्कबिहिन
३० फागुन, विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सन्चालक मधु रेग्मी कट्वालले विद्यार्थीहरुलाई हातपात गर्दै दुर्व्यवहार गरेकी छन् । होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि उनले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात समेत गरेकी थिइन् । सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा होस्टेल सन्चालक मधुले एउटा कोठाभित्र बसेका छात्राहरुसँग तीन-तीन हजार रुपैयाँ पेमेन्ट गरिदिन भनेको देखिन्छ । लगत्तै उनी जंगिंदै होस्टेलबाट ‘निस्किहाल्’ भन्दै जाइलागेको देखिन्छ..

शिवसताक्षीको रिङ्गरोड सडक कालोपत्रे
३० फागुन, शिवसताक्षी । झापाको शिवसताक्षीको रिङ्गरोड अन्तर्गत व्याङ्गडाँडा माइधार सडक र समिृद्धि चोक दक्षिणको सडक कालोपत्रे भएको छ । शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा– माइधार १८ सय २० मिटर र शिवसताक्षी १ को समृद्धि चोकदेखि दक्षिण जाने १ हजार १० मिटर सडक कालो पत्रे भएको हो । व्याङ्गडाँडा–माइधार सडक नेपाल सरकार समपुरक अनुदान र शिवसताक्षी नगरपालिकाको साझेदारीमा १ करोड ७१ लाख ७१ हजार ७३१ रुपैयाको लागतमा निर्माण गरिएको हो ।..

इटहरी उपमहानगरपालिकाका विद्यालयमा एउटै पोशाक लागू गर्ने निर्णय विवादमा
३० फागुन, इटहरी । इटहरी उपमहानगरपालिकाका सबै विद्यालयमा एउटै पोशाक लागू गर्ने निर्णय विवादमा परेको छ । नयाँ शैक्षिक सत्रबाट नगर प्रमुख हेमकर्ण पौडेलले सामुदायिक र निजी विद्यालयमा एउटै पोशाक लागु गर्ने निर्णय गरेका थिए । इटहरी उपमहानगरपालिकाले जारी गरेको शिक्षा ऐन विपरीत एउटै ड्रेस लागु गर्ने निर्णय भएको भन्दै विवाद सुरु भएको हो । यो निर्णयको निजी विद्यालय सञ्चालकहरुले विरोध गरिरहेका छन् । निजी विद्यालय सञ्चालकहरु ऐन विपरीत एउटै..

सुनको सिक्री नदिएको भन्दै बिहे रद्द गर्न खोज्ने बेहुलासहित आठ जना पक्राउ
२९ फागुन, जनकपुरधाम । वरमाला विधि गरिसकेपछि सुनको सिक्री नदिएको भन्दै लफडागरी जन्ती फर्काउन खोजेका बेहुलासहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगर ४ का उमेश शाह छन् । विवाह मण्डपमा सुनको सिक्री नदिएको झोकमा होहल्ला गरेको र विवाह रद्द गर्न खोज्दा बेहुला साहसहित ८ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले सोमबार राति पक्राउ गरेको हो । बेहुला शाह विरगञ्ज महानगरपालिकामा कम्प्यूटर अपरेटर पदमा कार्यरत छन्..

अर्जुनधारा नगर क्षेत्रका दृष्टिबिहीनहरुलाई सेतो छडी वितरण
२९ फागुन, झापा । अर्जुनधारा जेसीज र युथ अफ खुदुनावारीको संयुत्त आयोजनामा अर्जुनधारा नगर क्षेत्रमा रहेका दृष्टिबिहीनहरुलाई सोमबार सेतो छडी (वाईट कने) वितरण गरिएको छ । सहारा नेपाल साकोसको प्राविधिक सहयोगमा जेसीजले नगरभित्रका विभिन्न स्थानका २२ जना दृष्टिबिहीनहरुलाई सेतो छडी वितरण गरेको अर्जुनधारा जेसीजका अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिनुभयो । दृष्टिबिहीनहरुलाई अर्जुनधारा नगर प्रमुख बलदेव गोम्देन तामाङ, ३ नम्बर वडा अध्यक्ष सिताराम भट्टराई, ६ नम्बर वडा अध्यक्ष हरिशचन्द्र बाँस्तोला, ८..

धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधामको विकासको बारेमा सरोकारवालाहरुबीच अन्तरक्रिया
२९ फागुन, झिलझिले । झापाको शिबसताक्षीमा अवस्थित पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा सोमबार सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । सताक्षीधाम धार्मीक तथा पर्यट्रन बिकास संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले बिगत, बर्तमान र आगामी योजना र विकासका चरणहरु सम्बन्धी आ–आफ्ना धारणाहरु राखेका थिए । सताक्षीधाम धार्मीक तथा पर्यट्रन विकास संस्थाका अध्यक्ष तुलाराम बोखिमको अध्यक्षता र पूर्वसांसद तारासम योङ्याको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा सताक्षीधाम..

छैँठौ झापा गोल्डकपको च्याम्पियन चर्च ब्वाइज युनाइटेड
२९ फागुन, बिर्तामोड । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्याे । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । टोली..

कर्णाली पुुलमा आवागमन बन्द
२९ फागुन । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ। प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ। आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ। पुलमा तत्कालका लागि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए। उनले भने, ‘हामी घटनास्थलमा राति नै पुगिसकेका छौँ। आज बिहान अर्को प्राविधिकको..

प्रतिनिधिसभा निर्वाचनका लागि जसपा इलामले गर्यो तीन जनाको नाम सिफारिस
२८ फागुन, इलाम । इलाम–२ मा आगामी वैसाख १५ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल इलामले तीन जनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको जसपा जिल्ला समितिको बैठकले तीन जना सम्भावित उम्मेद्वारको नाम लिम्बुवान राष्ट्रिय समितिमार्फत प्रदेश नं. १ समितिमा सिफारिस गरी पठाएको हो । यसरी सिफारिस हुनेहरुमा जसपा नेपालका सल्लाहकार डा. महेन्द्र लावती, केन्द्रीय सदस्य लोक सागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बू रहेका छन्..

बिर्तामोडमा साइकलबाट लडेर एक व्यक्तिको मृत्यु
२८ फागुन, झापा । बिर्तामोडमा साइकलबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ६ स्थायी घर भइ हाल वडा नम्बर ३ मा डेरा बस्दै आएका ४२ वर्षीय सन्तोष राई सोमबार बिहान बुट्टाबारी नजिकै सडक किनारमा मृत फेला परेका हुन् । मादक पदार्थ सेवन गरी यात्रा गर्दा साईकलबाट लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । उनको टाउको बजारिएको, एकापट्टिको गाला धसारिएको र मुखबाट पानी बगिरहेको अबस्थामा..