२८ फागुन, झापा । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी भएको छ ।
उद्योगमा आज बिहान सवा ५ बजेबाट आगलागी शुरु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो अझै नियन्त्रणमा आएको छैन ।
६ वटा दमकल, नेपाली सेना , सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिरहेका छन्।
आगलागीको कारण पत्ता लाग्न सकेको छैन् ।