२८ फागुन, झापा । बिर्तामोडमा साइकलबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका ६ स्थायी घर भइ हाल वडा नम्बर ३ मा डेरा बस्दै आएका ४२ वर्षीय सन्तोष राई सोमबार बिहान बुट्टाबारी नजिकै सडक किनारमा मृत फेला परेका हुन् ।
मादक पदार्थ सेवन गरी यात्रा गर्दा साईकलबाट लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
उनको टाउको बजारिएको, एकापट्टिको गाला धसारिएको र मुखबाट पानी बगिरहेको अबस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए ।
डीएसपी कार्कीका अनुसार राईको शव पोस्टमार्टमको लागि धरान पठाइएको छ ।