२७ फागुन, विराटनगर । नोवेल टिचिङ हस्पिटलमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी कोठा भित्र झुन्डिएको अवस्थामा फेला परेका छन् । भारत विहार पुर्णिया घर भई विराटनगर ४ स्थित नोवेल हस्पिटल बाहिर डेरामा बस्दै आएका थिए ।
अन्दाजी २५ —२६ उमेरका आँसु सिह कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । नोवेल टिचिङ हस्पिटलमा एमबीबीएस अन्तिम सेमेस्टरका विद्यार्थी आईतबार बिहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता एंवम डिएसपी रन्जन कुमार दाहालले जानकारी दिएका छन् ।