मुख्यमन्त्री शर्मासहित प्रदेशस्तरका माओवादी नेता काठमाडौँमा

२८ फागुन । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली सरकारको नेतृत्वमा नेकपा एमालेले दाबी गरेपछि मुख्यमन्त्री राजकुमार शर्मासहित माओवादी केन्द्रका प्रदेशस्तरका नेता काठमाडौँ पुगेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मुख्यमन्त्रीसहित माओवादी नेताहरुले समयसामयिक विषयमा छलफल गरेको बताइएको छ । शनिबार काठमाडौँ पुगेको टोलीमा मुख्यमन्त्री शर्मा, माओवादी प्रदेश अध्यक्ष विमला केसी, प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल, माओवादी सांसद वीरबहादुर शाही लगायत थिए । प्रधानमन्त्रीको कार्यालयमै प्रचण्डसँग प्रदेश सरकार र..

पार्टीले योग्य ठाने प्रतिस्पर्धाका लागि तयार रहेको सुहाङ नेम्वाङको दाबी

२८ फागुन, इलाम । इलाम–२ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि सुहाङ नेम्वाङले औपचारिक रूपमा दाबेदारी पेश गरेका छन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि खाली रहेको इलाम २ मा वैशाख १५ मा उपचुनाव हुँदैछ । नेकपा एमाले इलामले उपनिर्वाचनको लागि गठन गरेको कार्यदलमा सुहाङले निवेदन दिएका हुन् । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । एमाले जिल्ला कमिटीले उम्मेदवार चयनका लागि..

 मेचीनगरस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी

२८ फागुन, झापा । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी भएको छ । उद्योगमा आज बिहान सवा ५ बजेबाट आगलागी शुरु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो अझै नियन्त्रणमा आएको छैन । ६ वटा दमकल, नेपाली सेना , सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिरहेका छन्। आगलागीको कारण पत्ता लाग्न सकेको छैन् ।

छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज हुँदै

२८ फागुन, बिर्तामोड । छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज हुँदैछ । उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाइज मैदानमा उत्रिदैछन् । दुवै टिमले उपाधि आफूले जित्ने दावी गरेका छन् । बिर्तामोडमा आइतवार भएको प्रि–म्याच कन्फ्रेसमा फाइनल खेलमा दुवै टिमले उपाधि हात पार्ने दावी गरेका हुन् । प्रि–म्याच कन्फ्रेसमा चर्च ब्वाइजका टिम क्याप्टन दीप कार्की र कोच रुबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका..

नोवेल टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थी झुन्डिएको अवस्थामा फेला

२७ फागुन, विराटनगर । नोवेल टिचिङ हस्पिटलमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी कोठा भित्र झुन्डिएको अवस्थामा फेला परेका छन् । भारत विहार पुर्णिया घर भई विराटनगर ४ स्थित नोवेल हस्पिटल बाहिर डेरामा बस्दै आएका थिए । अन्दाजी २५ —२६ उमेरका आँसु सिह कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । नोवेल टिचिङ हस्पिटलमा एमबीबीएस अन्तिम सेमेस्टरका विद्यार्थी आईतबार बिहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता एंवम डिएसपी रन्जन..

चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ- उपप्रमुख रमेश बुढाथोकी

२७ फागुन, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेलमैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताउनुभएको छ । भक्तपुरबाट एक दर्जन भन्दा बढी बेसबलका खेलाडी उत्पादन गर्ने राईजिङ्ग स्टार्स बेसबल क्लबको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले आगामी वर्षको बजेटमा खेल मैदानका लागि रकम विनियोजन तथा काम थालनी गर्ने बताउनुभएको हो । खेल मैदान सम्म्याउन तथा उक्त स्थानको माटो बालुवा व्यवस्थापनका लागि..

झापा एमालेको अध्यक्षमा दुई जनाको दावेदारी

२७ फागुन, बिर्तामोड । नेकपा एमाले झापाको जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटी झापाको शनिवार बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो । अधिवेशनमा ७ सय हाराहारी प्रतिनिधि हुने छन् । पार्टी स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री अग्नी खरेलको प्रमुख आतिथ्यता रहेको बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।..

कराँत याक्थुङ चुम्लुङले आठौँ प्रदेशको रूपमा लिम्बुवान प्रदेश स्थापना गर्ने

२७ फागुन, इलाम । किराँत याक्थुङ चुम्लुङको राष्ट्रिय भेलाले ऐतिहासिक पृष्ठभूमिको आधारमा कोशी पूर्वका नौ जिल्लालाई आठौँ प्रदेशको रूपमा लिम्बुवान प्रदेश स्थापना गर्ने प्रस्ताव पारित गरेको छ । इलाममा भएको २५ औ चुम्लुङले प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्षले अघि सारेको प्रदेशको नाम लिम्बुवान किराँत राख्न नसके आठौँ प्रदेशको रूपमा लिम्बुवान प्रदेश बनाउने प्रस्ताव पारित गरेको हो । भेलापछि सार्वजनिक गरिएको विज्ञप्तिमा ऐतिहासिक पृष्ठभूमि एवम् सम्बत १८३१ को लिम्बु..

दमकमा दोस्रो झापा आइटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न

२७ फागुन, दमक । झापाको दमकमा आइटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । दोस्रो झापा जिल्ला स्तरीय प्रतियोगिता फागुन २५ र २६ गते दुइ दिन सञ्चालन भएको थियो । दमक –७ स्थित पशुहाट मैदान परिसरमा आइटीएफ तेक्वान्दो संघ झापाले आयोजना गरेको प्रतियोगितामा आयोजक पहिलो, कमल गाउँपालिका डोजाङ दोस्रो र पाथिभरा डोजाङ तेस्रो भएका छन् । यसै गरी हिमालय मावि डोजाङले अनुशासित टिमको उपाधि पाए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि..

आयोजकलाई हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको फाइनलमा

२६ फागुन, बिर्तामोड । ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा आयोजक झापा ११ लाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराउँदै चर्च ब्वाइज उपाधी नजिक पुगेको हो । निर्धारित समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेका चर्च ब्वाइजका गोलरक्षक दिप कार्की म्यान अफ दि म्याच भए..