प्रदेश

बचत फिर्ता नगर्ने झापाका सहकारी संचालकहरु धमाधम पक्राउ पर्दै
२४ फागुन, झापा । बचत फिर्ता नगर्ने झापाका सहकारी सञ्चालकहरू पक्राउ पर्न थालेका छन् । यसक्रममा बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परेका हुन् । सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा १ करोड ९० लाख रुपैयाँ हिनामिना भएको उजुरीका आधारमा उपाध्यक्ष नारायण श्रेष्ठ र व्यवस्थापक केशवकुमार भण्डारी हिजो पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू दुवै बुद्धशान्ति गाउँपालिका – २ का हुन् । प्रदेश सहकारी..

उपनिर्वाचनको तयारीमा जुट्यो जिल्ला निर्वाचन कार्यालय इलाम
२४ फागुन, इलाम । जिल्ला निर्वाचन कार्यालय इलाम आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनको तयारीमा जुटेको छ । बुधबार जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार एवम् सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरी इलाम–२ को उपनिर्वाचनको तयारीमा जुटेको जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रमका सरोकारवालाहरुले निष्पक्ष र धाँदलीरहित निर्वाचनमा प्रतिवद्धता जनाएका छन् । निर्वाचनको निश्पक्षतामाथि प्रश्न नउठ्ने गरी काम गर्न निर्वाचन कार्यालयलाई सरोकारवालाहरुले सुझाएका..

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिर्तामोडमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न
२४ फागुन, बिर्तामोड । बिर्तामोड नगरपालिकाले ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधवार आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा कृतिका आचार्य प्रथम भएकी छिन् । दिवसको यस वर्षको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने शिर्षकमा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्व कला प्रतियोगितामा निधि माध्यमिक विद्यालयमा कक्षा ११मा अध्ययनरत आचार्य प्रथम भएकी हुन् । यसैगरी देवी माध्यमिक विद्यालयमा कक्षा १२मा अध्ययनरत रेजिना बाँस्कोटा दोश्रो, मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ११..

नेपालको निर्वाचन संस्कृति नै भ्रष्ट छः अधिवक्ता पोखरेल
२४ फागुन, दमक । अधिवक्ता सुरेशकुमार पोखरेलले निर्वाचनमा उम्मेद्वार बनेका व्यक्तिलाई कानूनले नै खर्च गर्न दिने व्यवस्था विरुद्ध सर्वाेच्च अदालत जाने बताएका छन् । बुधबार झापाको दमकस्थित पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले उम्मेद्वारले कानूनमै तोकिए अनुसार लाखौं रकम खर्च गर्न पाउने प्रावधान विरुद्ध आफू सर्वाेच्च जान लागेको बताएका हुन् । पोखरेलले भने –‘कानूनले नै निर्वाचन संस्कृतिलाई भ्रष्ट बनाएको छ । ती कानून खारेज र निस्कृय नपारेसम्म स्वच्छ निर्वाचन..

दमकका श्रीनयले आफ्नो पहिलो जन्मदिनमा पाए जीवन बिमा उपहार
२४ फागुन, दमक । दमक–९ का श्रीनय सेडाईले आफ्नो पहिलो जन्मदिनमा बिमा उपहार पाएका छन् । दिपेश सेडाई र श्रीमती लक्ष्मी पौडेल सेडाईले छोरालाई पोलिसी उपहार दिएको हो । छोराको पहिलो जन्मदिनमा ५ लाखको बाल किरण बिमा पोलिसि उपहार दिएर एक पुन्यको काम गरेको श्रीनयका बुबा दिपेश बताउछन् । उनले आइएमईलाइफ इन्स्योरेन्स कम्पनिमा बिमा गरी आफ्नो र आफ्नो बच्चाको भविष्य सुरक्षित गर्न पाउदा एकदमै खुशि लागेको बताए । बिमा पोलिसि..

सुदूरपश्चिममा २ मन्त्री र १ राज्यमन्त्री पदमुक्त
२३ फागुन । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको असर प्रदेशमा देखिन थालेको छ। केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता समीकरण फेरिएर सोमबार माओवादी केन्द्र, नेकपा एमालेसहितको गठबन्धन बनेको छ। केन्द्रमा फेरिएको सत्ता समीकरणको असरले प्रदेशका मुख्यमन्त्रीहरूले मन्त्रीहरूलाई बर्खास्त गर्नेदेखि मन्त्रीहरूले आफैँ राजीनामा दिने क्रम देखिएको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनीहरूलाई पदमुक्त गरेको..

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले गरे दुई मन्त्रीलाई बर्खास्त
२२ फागुन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा बनेको नयाँ गठबन्धन पछि प्रदेशका माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले हटाएका हुन् । मुख्यमन्त्री शाह नेपाली कांग्रेसका हुन् । माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाएका हुन् । शाहले रिक्त दुई मन्त्रालय आफैँसँग राखेका छन् । यसअघि गण्डकी..

झापामा रहेका समस्याहरुको सबै पालिका मिलेर समाधानमा लाग्ने प्रतिबद्धता
१९ फागुन, बिर्तामोड । झापा जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले साझा समस्याहरु समाधानमा चासो व्यक्त गरेका छन् । शुक्रवार बिर्तामोडमा आयोजित मेयर, अध्यक्षहरुको परामर्श बैठकमा सबै पालिकामा रहेको साझा समस्याहरुको पहिचान गरेर समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ । स्थानीय तहमा रहेको फोहोरमैला व्यवस्थापन, लागुऔषध समस्या, अखाद्य वस्तुको नियन्त्रण, जंगली हात्तीको आतंक साझा समस्याका रुपमा रहेको परामर्श बैठकमा उठान भएको थियो । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले साझा..

मेचीनगरमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, सशस्त्र प्रहरीद्वारा खुकुरी प्रहार
१९ फागुन, झापा । झापाको मेचीनगरमा सशस्त्र प्रहरी र सामान ओेसारपसार गर्ने स्थानीयबीच शुक्रबार साँझ झडप भएको छ । झडपको क्रममा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट केही स्थानीय घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ । नेपाल–भारत सीमा पिलर ९०–२–९०–३ नजिकै रहेको मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँमा तस्करीको सामान बरामद गर्ने क्रममा दुवै पक्षबीच झडप भएको थियो । सोही क्रममा घटनास्थल पुगेका प्रस्तावित सिमा सुरक्षा गुल्म,..

शिवसताक्षीमा १३ औं नगरसभा सम्पन्न, उत्कृष्ट पाँच कर्मचारी सम्मानित
१९ फागुन, शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले हिउँदै अधिवेशन तथा १३ औं नगरसभा सम्पन्न गरेको छ । नगरसभाबाट नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बजेट, योजना संशोधन, परिमार्जन, रकमान्तर गर्नका लागि पेश गरेको योजना तथा कार्यक्रमहरु नगर सभाले सर्वसम्मत पारित गरेको छ । नगरसभामा नगरपालिकाले २०८०र०८१ का लागि कुल विनियोजित बजेट ८९ करोड, ७ लाख ५५ हजार मध्ये चालु खर्च तर्फ ५८ करोड, ८१ लाख, ६८ हजार खर्च भएको नगरसभामा जानकारी गराइएको..