प्रदेश

माङसेबुङ गाउँपालिका–१ ले गर्यो बेसार प्रर्वधन शुरू
५ चैत, इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रर्वधन शुरू गरेको छ। स्थानीय एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारीसँग १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रर्वधन थालेको हो। “कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृषि उद्यम प्रर्वधनका लागि एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरेका छौँ,” वडाध्यक्ष भूपाल योङहाङले भने, “तीन वर्ष अवधिको सम्झौतापत्रमा बेसारको..

इलाम–२ मा हुने उपनिर्वाचनका लागि एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस
५ चैत, इलाम । इलाम–२ मा वैशाख १५मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम सिफारिस गरेको छ । केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल रहेका छन् । शनिबार पार्टी कार्यालय इलाममा आकांक्षीहरू बीच..

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
५ चैत, झापा । झापाको हुलाकी राजमार्गमा तीनजना सवार मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मोटरसाइकलमा सवार तीनै जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–३ का अन्दाजी ४० वर्षीय अकालु माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्ज–१ मा आइतबार राति सवा ९ बजेको समयतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो..

दीपक मनाङेले त्यागे एकीकृत समाजवादी
५ चैत, पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर अहिले सत्ता समीकरणका कारण गण्डकीमा सरकार बनाउने र टिकाउने खेल सुरु भएका बेला उनले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका हुन् । आइतबार मनाङेले आफूले एकीकृत समाजवादी..

विराटनगरमा हत्या भएकी नर्सका प्रेमी पनि मृत भेटिए
५ चैत, विराटनगर । विराटनगर महानगरपालिका–४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् । नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो । आइतबार राति उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि मृत भेटिएका प्रहरीले जनाएको छ । नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर..

पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा पोखराको ब्रान्डिङ हुन्छः प्रधानमन्त्री प्रचण्ड
४ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा यसको ब्रान्डिङ हुने बताएका छन् । आइतबार पर्यटकीय राजधानी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री दाहालले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवद्र्धनमा यो अभियानले महत्त्वपूर्ण योगदान गर्ने बताएका हुन् । पोखरा नेपालका मुख्य शहरमध्ये बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त भएको उनको भनाइ छ । उनले भने ‘सुन्दर हिमश्रृङ्खला, तालतलैया, मन्दिर, गुम्बा, मस्जिद,..

चकित्सकले बिरामीको आन्द्रा भित्रबाट निकाले माछाको काँडा
४ चैत, बिर्तामोड । भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्रा भित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको टोलीले शनिबार बिहान बिर्तामोडका ४० वर्षीय विष्णु सहनीको सानो आन्द्राभित्रबाट माछाको करिब ४ सेन्टिमटरको काँडा शल्यक्रिया गरी निकालेको हो । सहनी बिहीबार घरमा माछा पकाएर खाएका थिए । शुक्रबार बिहान तल्लो पेट दुख्यो भन्दै प्रादेशिक..

श्रीकृष्ण रथायात्रा ब्यवस्थापन समिति दमकको प्रथम साधारण सभा सम्पन्न
४ चैत, दमक । श्रीकृष्ण रथायात्रा ब्यवस्थापन समिति दमक झापाको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभाले १३ सदस्यीय समिति चयन गरेको छ । जसको अध्यक्ष रोहित आचार्य, उपाध्यक्ष सुनिल अग्रवाल, सचिव प्रेम भट्टराई, सह सचिव कृष्णप्रसाद अधिकारी र कोषाध्यक्ष इन्दु बस्नेत चयन भएका छन् । समितिको सदस्यहरुमा लक्ष्मण श्रेष्ठ, रामप्रसाद चाम्लिङ, सीमा अग्रवाल, गायत्रा लामिछाने, पारश आचार्य, देवी गिरी, हरी अधिकारी र शेखर खड्का रहेका छन्..

कर्नरस्टोन फाउण्डेशनले विभिन्न कार्यक्रम गरि मनायो आठौ बार्षिकोत्सव
४ चैत, दमक । झापाको दमक–५ मा रहेको कर्नरस्टोन फाउण्डेशनले हिजो (शनिबार) विभिन्न कार्यक्रम गरि आठौ बार्षिकोत्सव मनाएको छ । फाउण्डेशनमा अध्ययनरत बाल कलाकारको प्रस्तुतीले ठूलो संख्यामा उपश्थित दर्शक दिर्घमा थामिनसक्नुको हाँसोले हल गुन्जयमान बनेको थियो । स्टेजमा बाल कलाकार कोही हाँस्दै नाच्न थाले भने कोही रुन थाले । बाल कलाकारको प्रस्तुती बढो रोमान्टीक थियो । स्थानीय मातृभूमि अतिथि सदनमा बार्षिकोत्सव विशेष कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत, नृत्य निवन्ध र वक्तृत्वकलाको..

शान्ति सामुदायिक वनमा भीषण डडेलो
४ चैत, झापा । अर्जुनधारा–२ स्थित शान्ति सामुदायिक वनमा भीषण डडेलो लागेको छ । डडेलोका कारण गाँजाबारी, मिश्रटार, टाङ्टिङ, जोगिखाँद लगायतका स्थानको जङ्गलमा ठुला रुख बाहेक बिरुवा र लार्था सखाप भएको छ । सामुदायिक वनका अध्यक्ष खगेन्द्र कोइरालाले करिब २र३ दिन अगाडी जङ्गलमा डडेलो देखापरेको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार डडेलो प्रभावित स्थानमा नियन्त्रणका लागि प्रयास गरिएको थियो । हावाको वहावका कारण आगो फैलिन पुगेको कोइरालाले बताउनुभयो । डडेलो..