प्रदेश

ब्राउन सुगरसहित झापामा सात जना पक्राउ
७ चैत, झापा । झापामा लागु औषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन् । प्रहरीले बाह्रदशीबाट तीन जना र गौरादहबाट चार जनालाई एकै दिन पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका ५ बजे बाह्रदशी गाउँपालिका–२ स्थित बिरिङ पुलमा मे ७ प १०२७ नम्बरको मोटरसाइकलमा सवार चालक झापा गाउँपालिका–४ का २३ वर्षीय अलागिर हक, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका..

चट्याङ लागेर पाँचथरमा प्रहरी सहायक हवल्दारको मृत्यु
७ चैत, पाँचथर। चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो । गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्याएका..

सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्न पैदल यात्रा गर्दै प्रहरी
७ चैत, झापा । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् । आज बिहान मेचीनगर नगरपालिका–७ सतिघट्टास्थित ९१÷१ नम्बरको सीमा स्तम्भबाट सुरु भएको उक्त यात्रामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेपाली सेनाका गणपति प्राजु बस्न्यात, सशस्त्र..

इलाम-२ उपनिर्वाचनका लागि कांग्रेसद्वारा सात जनाको नाम सिफारिस
७ चैत, इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उमेदवार सिफारिस गरेको छ । मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । यी नामहरू जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ । इलाम क्षेत्र नम्बर २ क्षेत्रीय सभापति डिकेन्द्र इदिंगोले दिएको जानकारीअनुसार बैठकले पहिलो नम्बरमा भेषराज आचार्यको नाम सिफारिस गरेको छ । आचार्य महासमिति सदस्य हुन् । सभापति इदिंगोका अनुसार..

‘रास्वपा’ ले इलाममा उपचुनावको उम्मेदवार तय गर्न प्राइमरी इलेक्सन गर्ने
७ चैत, इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपचुनावको उम्मेदवार तय गर्न प्राइमरी इलेक्सन गर्ने भएको छ। रास्वपाले विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका निकालेको हो। जसअन्तर्गत चैत ६ देखि १४ गतेसम्म उम्मेदवारका आकांक्षीले आवेदन दिन सक्नेछन्। प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशन चैत १४ गते प्रकाशन गरिने रास्वपाले जनाएको छ। चैत १४ देखि १५ गतेसम्म प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय निर्धारण गरिएको छ। १५ गते..

बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ
७ चैत, झापा । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–४ स्थित मुनाल टोलमा मोटरसाइकल चोर्दाचोर्दै बिर्तामोड–५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार दिउँसो ३ बजे स्थानीय २५ वर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आइरहेको १५० सिसीको कालो निलो रङ्ग भएको मे ८ प १७७० नम्बरको पल्सर मोटरसाइकल घर अगाडि पार्किङ गरी राखेको अवस्थामा धिमालले..

सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद
७ चैत, सुनसरी । सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो । ५र६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको..

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, छोरा भने भागेर बाँचे
७ चैत, मोरङ । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका– १ भेडाटोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर बाँचेका छन् । प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।..

धनगढीका मेयर गोपाल हमाललाई धम्की दिने व्यक्ति अस्पताल भर्ना
६ चैत, कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूलाई धम्की दिएको बताएका व्यक्ति अस्पताल भर्ना भएका छन् । उनलाई विष सेवनपछि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । मंगलबार बिहान करिब साढे १० बजे उपमहानगरपालिका कार्यालयमा वडा नम्बर ६ मट्यारीका गणेश रानाले विषादी सेवन गरेको सीसीटीभी फुटेजमा देखिएको छ । उनले नगरपालिकाभित्र प्रवेश गरेलगत्तै विषादी सेवन गरेका थिए । अहिले उनको सेती प्रादेशिक अस्पतालको आईसीयूमा..

१६ वर्षपछि हत्या आरोपी पक्राउ
६ चैत, काठमाडौं । काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका शिक्षक धर्मराज विष्टको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर ढोलाहिटीकी सोभिता थापालाई पक्राउ गरेको हो । कार्यालयले सोभितालाई हत्याको मुख्य योजनाकार भनेको छ । २०६४ असार २३ गते सोभिता, उनका भाइ विनोदसहित तीन जनाको समूहले कुटपपिट गर्दा ललितपुर इमाडोल निवासी विष्ट गम्भीर घाइते भएका थिए र उपचारका क्रममा मृत्यु..