शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु

शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु

६ चैत, दुधे । झापाको शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथसाथै प्यारापिटको काम पनि एकै पटक अघि बढाएको हो ।

नगरपालिकाले २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि रंगशाला निर्माणमा जुटेको थियो । रंगशाला शिवसताक्षी नगरपालिका वडा नं। ११ स्थित दूधोमा ६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा रहेको छ जसमा कम्पाउण्ड, गेट यस अघि नै निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । चालु आवमा खेल मैदान र प्यारापिटको काम निर्माणको चरणमा रहेको छ ।

आर्थिक वर्ष २०७९ को बजेटबाट खेल मैदान र डेन निर्माण भइसकेको छ । खेल मैदानमा झार रोप्ने काम समेत सुरु गरिएको छ ।

चालुु वर्षको नगरको आन्तरिक श्रोतको बजेटबाट प्यारापिट निर्माणको काम सुरु गरिएको छ । ३० मिटर लम्बाई र ७ मिटर हाइटको स्टेज सहितको प्यारापिट जेष्ठ महिनाभित्र निर्माण सम्पन्न हुने छ । प्यारापिट एकातर्फ मात्रै पनि १ सय मिटर निर्माण गरिने छ ।

भ्याटसहित ६९ लाख ६१ हजाजर २९१ को लागतमा प्यारापिट निर्माण सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

हाल बन्दै गरेको प्यारापिटमा करिब ४ सय दर्शकहरुले फुटबल हेर्न मिल्ले गरी निर्माण भइरहेको शिवसताक्षी नगरपालिका इन्जिनियर उत्तम बरालले जानकारी दिए । बजेट अभावलेपछि बढाउन मिल्ले गरी काम सुरु गरिएको हो । उनले खेलमैदानका आधारमा पूर्वकै राम्रो ठूलो खेल मैदान भएको दावी गरेका छन् ।

इभान्सी निर्माण सेवाले कनकाईले प्यारापिट निर्माणको जिम्मा पाएको हो । प्यारापिट नगरपालिकाले दिएको मापदण्ड अनुसार तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने इभान्सी निर्माण सेवाका प्रोपराइटर रमेश खरेलले जानकारी दिए ।

रंगशालामा प्यारापिट पूर्णरुपमा निर्माण गरिए २५ हजार दर्शकले फुटबल हेर्न मिल्ले दावी गरिएको छ । खेल मैदानको काम यस वर्ष नै सकिने छ । आगामी वर्षमा थप प्यारापिट निर्माणका काम भएपनि उक्त खेलमैदानमा खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर