१६ वर्षपछि हत्या आरोपी पक्राउ

१६ वर्षपछि हत्या आरोपी पक्राउ

६ चैत, काठमाडौं । काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका शिक्षक धर्मराज विष्टको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर ढोलाहिटीकी सोभिता थापालाई पक्राउ गरेको हो । कार्यालयले सोभितालाई हत्याको मुख्य योजनाकार भनेको छ ।

२०६४ असार २३ गते सोभिता, उनका भाइ विनोदसहित तीन जनाको समूहले कुटपपिट गर्दा ललितपुर इमाडोल निवासी विष्ट गम्भीर घाइते भएका थिए र उपचारका क्रममा मृत्यु भएको थियो ।

उक्त घटनाको १६ वर्षपछि प्रहरीले हत्या आरोपी थापालाई पक्राउ गरेको हो । थापालाई प्रहरीले जिल्ला अदालत ललितपुरमा बुझाएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर