मधेशमा कांग्रेस मन्त्री बर्खास्त गर्दै एमाले नेता यादवलाई मन्त्री नियुक्त

मधेशमा कांग्रेस मन्त्री बर्खास्त गर्दै एमाले नेता यादवलाई मन्त्री नियुक्त


५ चैत, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका छन् ।

सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री नियुक्त भएका मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् ।

मधेश सरकारमा नेपाली कांग्रेसबाट ३ जना मन्त्री छन् । त्यस्तै जनमत पार्टीका सांसदले सरकार छाड्दा खाली भएका २ मन्त्रालय पनि मुख्यमन्त्रीको जिम्मामा छ । स्रोतका अनुसार नेकपा एमालेले ४ वटा मन्त्रालय पाउनेछ ।

एमाले नेता सरोजकुमार यादव २७ पुस २०७९ मा मधेशको भौतिक पूर्वाधार मन्त्री बनेका थिए । तर केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले तत्काल एकजना मात्रै सरकारमा सहभागी भएको र पछि पुनः ३ जना सहभागी हुन सक्ने बताए ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर