प्रदेश

विराटनगरको होटल रोयल किचेनमा एक जना मृत फेला
६ चैत, विराटनगर । विराटनगर ९ स्थित होटल रोयल किचेनमा एक जना मृत फेला परेका छन्। मंगलबार बिहान सिटिजन बैंकमा कार्यरत कर्मचारी क्षितिज घिमिरे मृत फेला परेका हुन् । घिमिरेको शव मंगलबार बिहान होटलको कोठा नम्बर १०९ मा भेटिएको जनाइएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ।

दमक र कनकाईबाट ब्राउनसुगर सहित पाँच जना पक्राउ
६ चैत, दमक । झापाको दमक र कनकाईबाट लागुऔषध ब्राउनसुगर र औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुका ६ बजे झापाको दमक–८ मा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षीय शेखर परियार र २१ वर्षीय रोहित साहलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध ब्राउनसुगर ५ ग्राम बरामद गरी पक्राउ गरेको छ..

शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु
६ चैत, दुधे । झापाको शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथसाथै प्यारापिटको काम पनि एकै पटक अघि बढाएको हो । नगरपालिकाले २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि रंगशाला निर्माणमा जुटेको थियो । रंगशाला शिवसताक्षी नगरपालिका वडा नं। ११ स्थित दूधोमा ६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा रहेको छ जसमा कम्पाउण्ड, गेट यस अघि नै निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको..

इटहरी गोल्डकपको १४औँ संस्करण चैत १० गतेदेखि
६ चैत, इटहरी । इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औँ संस्करण चैत १० गतेदेखि हुने भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपीएफ र साबिक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। आयोजक राष्ट्रिय जागृति क्लब इटहरीका अनुसार प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ। इटहरी रंगशालामा हुने खेलहरु फ्लड लाइटको प्रयोग गरी रात्रिकालीन हुने जनाइएको छ। प्रतियोगितामा भारतीय एक टोलीसहित ८ वटा टोलीले सहभागिता जनाउने निश्चित भएको छ। दोस्रो..

कोशी प्रदेशमा आगलागीबाट तीन सातामा दुई सय घर जले
५ चैत। कोशी प्रदेशमा फागुनयता आगलागीको घटना अचाक्ली बढेको छ । आगलागीका कारण सयौं मानिस घरबारविहीन बनेका छन् भने करोडौंको क्षति भएको छ । तर, सरकारले आगलागी पीडितहरुको लागि उचित राहात र उद्धारमा ध्यान दिन सकेको छैन । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार शनिबार र आइतबार दुई दिनमा मात्रै ४५ वटा आगलागीका घटना भएका छन् । त्यसमध्ये भोजपुरको हतुवागढीमा भएको आगलागीमा ३ जना बालबालिकाको ज्यान गएको छ ।..

चुलाचुलीमा आधारभूत पत्रकारिता तालिम सुरु
५ चैत, इलाम । इलामको चुलाचुली गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । तीनदिने तालिममा गाउँपालिकाका करिब २५ पत्रकारको सहभागिता छ । तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पालिकाले स्थानीयस्तरमा उत्पादनका कार्यक्रमलाई प्रोत्साहन गरिरहेको बताए । ‘उत्पादनको काम पालिकाका लागि दीर्घकालीन हुन्छ, त्यसमा पत्रकारिताले भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘निश्चित मान्यता र इथिक्समा पत्रकारिता गर्न तालिमले सहयोग गर्छ ।’ उनले कुनैपनि तालिम तालिममा मात्र सीमित हुन नहुने पनि..

मधेशमा कांग्रेस मन्त्री बर्खास्त गर्दै एमाले नेता यादवलाई मन्त्री नियुक्त
५ चैत, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका छन् । सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री नियुक्त भएका मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् । मधेश सरकारमा नेपाली कांग्रेसबाट ३ जना मन्त्री छन् ।..

दीपक मनाङेले लिए भौतिक पूर्वाधारमन्त्रीको शपथ
५ चैत, पोखरा । गण्डकीमा प्रदेशसभा सदस्य दीपक मनाङेले मन्त्री पदको शपथ लिएका छन् । सोमबार उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनी गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । केन्द्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन बने पनि गण्डकीमा नेपाली कांग्रेसले प्रदेशसभामा आफैं बहुमत पुर्याउने गरी तयारी गरिरहेको छ । त्यसकै सिलसिलामा मनाङबाट स्वतन्त्र रुपमा जितेका दीपक मनाङेलाई मन्त्री बनाएका हुन् ।..

व्यावसायिक कफी खेती गर्दै माङसेबुङका याम कार्की
५ चैत, इलाम । प्राय सबैजसोको उद्देश्य पढेपछि जागिर खाने, राम्रो घर बनाउने र सुखसयलमा जिन्दगी बिताउने हुन्छ । अलि पढेपछि काम गर्न लाज मान्ने नेपाली समाजको विशेषता नै हो । तर, इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका याम कार्की पढेर पनि जागिर खाएनन्, न त उनले काम गर्न नै लजाए । बरु पढेर पनि जागिर नै खान पर्दैन, कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ भन्ने प्रेरणाका श्रोत बनेका छन् ।..

इलाम क्षेत्र नम्बर २ बाट मिलन लिम्बूको स्वतन्त्र उम्मेदवारी घोषणा
५ चैत, इलाम । आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट मिलन लिम्बूले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन् । राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध आफ्नो उम्मेदवारी भएको उनले बताए । उनले भने, ‘राजनीतिक दलहरूले..