बागमती प्रदेश

वागमतीका नवनियुक्त १० मन्त्रीले सपथ लिए
२३ भाद्र, काठमाण्डौँ । वागमती प्रदेशका नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज थप ६ मन्त्री र ४ राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । आज थपिएका मन्त्रीहरूसहित अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ ।

ओली र नेपालकै सहमतीमा मुख्यमन्त्री बनेकी हुँः अष्टलक्ष्मी शाक्य
५ भाद्र, काठमाण्डौँ । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैको सहमति मुख्यमन्त्री बनेको बताउनुभएको छ । वागमती प्रदेशसभामा सरकार परिवर्तनको विषयमा आफूले दुवै नेतालाई भेटेर जानकारी गराएको र दुवैको सहमति पाएको उहाँले बताउनुभएको हो । आज शनिबार काठमाडौंको धुम्बाराहीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाक्यले आफूले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसँगै ओलीलाई भेटेको बताउनुभयो । ‘वागमतीको यस्तो स्थिति छ । के गर्नुहुन्छ तपाईंले ? हामी..

नेपालको पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य
२ भाद्र, काठमाण्डौँ । एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने तय भएको छ । वागमती प्रदेशमा एमाले संसदीय दलको नेता चयन भएसँगै शाक्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो । शाक्य हिजोका दिनसम्म एमालेको माधव नेपाल समूहकी नेतृका रूपमा चिनिनुहुनथ्यो । तर आज नेपाल समूहले एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिरहँदा उहाँ विभाजन प्रक्रियाबाट बाहिरिनुभएको छ । माधव नेपालको साथ छोडेसँगै उहाँलाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष..

बाग्मती प्रदेश सांसद वैद्यललाई कारवाही गर्न एमालेको माग
२९ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेले नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले हिजो दिएको अभिव्यक्तिको भत्र्सना गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज एक विज्ञप्ति जारी गर्नुहुँदै वैद्यलाई कारबाही गर्न माग गर्नुभएको छ । ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न तयार रहेको भन्ने वैद्यको अभिव्यक्तिलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको र नीजलाई फौजदारी अभियोगमा कार्वाही गर्नु पर्ने उल्लेख गर्नुभएको छ । ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो..

राष्ट्रियसभा सदस्यको उप–निर्वाचन आज
६ जेष्ठ, काठमाण्डौँ । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडा–४ स्थित भुटनदेवी माविमा मतदान केन्द्र तोकिएको छ । बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा नेकपा एमाले तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्नुभएको छ । यस्तै विपक्षी गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी..

एमालेको तर्फबाट बादलको उम्मेदवारी, हेलिकोप्टर मार्फत हेटौंडा प्रस्थान
२४ वैशाख, काठमाण्डौँ । राष्ट्रिय सभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) उम्मेदवार बन्नुभएको छ । उहाँ उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरबाट आज बिहान हेटौंडा पुग्नुभएको छ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेष्ठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिदैँछ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलपछि बादल बालुवाटारबाट हेलिकप्टर चढेर सिधै मकवानपुरको हेटौंडा पुग्नुभएको स्रोतले बताएको छ । २०७४..

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता आज, ओली समुह अन्योलमा
२४ वैशाख, काठमाण्डौँ । बागमती प्रदेशमा जेष्ठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । हेटौँडामा खोलिएको निर्वाचन आयोगको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । एमाले प्रवेश गरेका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उत्त पद रिक्त छ । उक्त रिक्त पदमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले संयुक्त रुपमा डा.खिमलाल..

सभामुखले बैठक नबोलाएको भन्दै प्रचण्ड–माधव समूहले बुझायो विरोधपत्र
५ फाल्गुन, काठमाण्डौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दलहरुबीचको सहमतिअनुसार बैठक नबोलाएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले उपसभामुखलाई विरोधपत्र बुझाएको छ । हिजो साँझ कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले आज दिउँसो २ बजे प्रदेश बैठक बोलाउन सुझाव दिएका थिए । दलहरु तयार भएपछि सभामुख श्रेष्ठले बैठक बोलाउनुभएको थियो । तर बिहान ६ बजे नै सूचना टाँसेर बैठक स्थगित भएको जानकारी गराइयो । ‘दलहरुबीच सहमति हुँदा पनि माथिको आदेशमा सभामुखले बैठक..

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
५ फाल्गुन, काठमाण्डौँ । बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरीएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक आज बिहान सूचना टाँसेर बैठक स्थगित गरीएको हो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएपछि बागमती प्रदेशसभाको बैठक स्थगित हुँदै आएको छ । गएराति अबेरसम्म प्रदेशसभा कसरी अगाडि बढाउने भनेर छलफल गरेपनि सहमति जुट्न नसकेपछि आज बिहानै सूचना टाँसेर बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको स्रोतले..

मुख्यमन्त्री पौडेलद्धारा संसदीय दलका उपनेता र सचेतक पदमुक्त
१४ पौष, काठमाण्डौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाउनुभएको छ । आज मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाउनुभएको हो । प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले नेताद्धयलाई हटाउनुभएको बताइएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेकपा केपी शर्मा ओली समूहका हुनुहुन्छ भने जम्मकट्टेल र माझी प्रचण्ड–नेपाल समूहका हुनुहुन्छ । मुख्यमन्त्री पौडेलविरुद्ध केही दिनअघि..