तामाङ बाहुल्य बागमती प्रदेशले पहिलो पटक पायो तामाङ मुख्यमन्त्री

८ साउन, काठमाण्डौँ । तामाङ समुदायको बाहुल्यता रहेको बागमती प्रदेशले पहिलो पटक तामाङ मुख्यमन्त्री पाएको छ । नेपाली काङ्ग्रेसको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका बहादुर सिंह लामा तामाङ समुदाय र काङ्ग्रेसको तर्फबाट पहिलो मुख्यमन्त्री बनेका हुन् । २०२७ साल कात्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिकामा जन्मिएका लामा यसअघि बागमती प्रदेशको आर्थिक मामिला मन्त्री भईसकेका छन् । प्रारम्भिक शिक्षा गाउँबाटै पूरा गरेर काठमाडौं छिरेका लामाले २०४३ सालमा काठमाडौको शंकरदेव क्याम्पसमा अध्यनको लागि..

मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगायो

file photo. १० असार, मेलम्ची । गए रातिको वर्षापछि मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११, फट्टेस्थित अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । ०७८ को बाढीले पुल बगाएपछि उक्त स्थानमा ह्युमपाइप राखिएको थियो । अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाका वडा नम्बर–७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर–१ र २ र हेलम्बुको केही वडालाई उक्त..

उच्च मूल्यबाट घट्यो डलर, यस्तो छ बिदेशी मुद्राको भाउ l

९ असार, । शुक्रबार हालसम्मकै उच्च मूल्य बनाएको अमेरिकी डलर घटेको छ । शुक्रबारको तुलनामा एक अमेरिकी डलरको मूल्य १९ पैसा घटेको हो । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा तोकेको छ । यसअघि शुक्रबार यो मूल्य हालसम्मकै उच्च १३४ रुपैयाँ १५ पैसा थियो । त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ ३६ पैसा तोकिएको छ । आइतबार कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ..

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ। बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो । योसँगै उपत्यकावासी यही शुक्रबार (पर्सि) देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन्..

नदी धमिलिने बित्तिकै मेलम्ची बन्द

३ असार, काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो । समितिले गत जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको थियो । जल..

मेयर बालेन ब्राजिल प्रस्थान

३ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उहाँ ब्राजिल प्रस्थान गरेका हुन् । बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने कार्यक्रममा छन् । मेयरका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् ।..

बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री जम्मरकट्टेलद्वरा असन्तुष्टि व्यक्त

२ असार । शनिबार सार्वजनिक बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले नै असन्तुष्टि व्यक्त गरेका छन्। प्रदेश मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेश गरेको बजेटमा मुख्यमन्त्री जम्मरकट्टेलले असन्तुष्टि जनाएका हुन् । बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रका जम्मरकट्टेल छन् भने अर्थमन्त्री एमालेका जगन्नाथ थपलिया छन् । अर्थमन्त्री जगन्नाथ थपलियाले पारित बजेट सिलिङभन्दा १ अर्ब ६४ करोड रुपैयाँ थपेको तथा कार्यक्रम नै फेरबदल गरेको मुख्यमन्त्री जमरकट्टेलको आरोप छ । ‘उहाँले पारित बजेटको..

पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन वडाध्यक्षहरुलाई बालेनको चेतावनी

२ असार, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुलाई पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन चेतावनी दिएका छन्। आज तय भएको नगरसभा कांग्रेस र एमालेका वडाध्यक्षहरुले बहिस्कारका कारण स्थगित भएपछि मेयर बालेनले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन् । ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको उनले लेखेका छन् । ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६०..

६ लाख बराबरको चोरीको सामानसहित युवक पक्राउ

२ असार । चोरीमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको ओमबहाल घर भएर चन्द्रागिरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुनिल महर्जन छन् । उनले जेठ १८ मा डल्लु स्थित विष्णु मग्रातिको डेरा र जेठ ३१ मा नागढुंगा स्थित बसन्डोलमा चोरी गरेको आरोप छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले महर्जनको डेराबाट ६ लाख १८ हजार बराबरको चोरीको सामान बरामद गरेको छ । आरोपीले चोरी..

जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका दम्पतीको मृत्यु

१ असार। ललितपुरका जावलाखेलमा अर्धचेत अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरि बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५ वर्षीया रेणु सेन्चुरीको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरु शुक्रवार राती साढे ८ बजे अर्धबेहोश अवस्थामा फेला परेका थिए । अर्धबेहोश अवस्थामा फेला परेका दुवैजनालाई प्रहरीले उपचारको लागि पाटन अस्पताल लगेको थियो । उपचारको क्रममा उनीहरुको साढे ९..